Friday, May 27, 2022
Home > समाचार > मुटु दरो गर्नुहोस : डेढ महिनाको बच्चा च्यापेर रेलको लिकमा बसेर आत्महत्या प्रयास गर्दा पनि यसरी बाँचिन यी महिला

मुटु दरो गर्नुहोस : डेढ महिनाको बच्चा च्यापेर रेलको लिकमा बसेर आत्महत्या प्रयास गर्दा पनि यसरी बाँचिन यी महिला

एउटा यस्तो घटना घट्यो त्यो सुन्दा तपाइ चचित पर्नुहुुनेछ । एक महिला डेढ महिनाको बच्चालाई लिएर आत्महत्या गर्न भनि रेलको लिकमा बसिन तर त्यो आत्महत्याको प्रयास असफल भएपछि विश्वनै चकित भएको छ ।या घटना भारतको हो ।गोरखपुरबाट मुम्बई जाँदै गरेको काशी एक्सप्रेसको रेल शनिबार बिहान ११ः३० बजे स्टेशनमा आएर रोकेको थियो । त्यहाँबाट एक महिला ओर्लिन् र आफ्नो डेढ महिनाको बच्चा अँगालोमा राखेर सँगै जोडिएको रेल्वे ट्रयाकमा गएर सुतिन् ।

उक्त ट्रयाकमा करीब १०० किलोमिटर प्रतिघण्टाको गतिमा पुष्पक एक्सप्रेस आएर उनीहरु माथिबाट गयो । तर, आस्चर्य उनिहरु आमा र बच्चा दुवैलाई कहि चोट लागेन ।तबसुम नाम गरेकी एक विवाहित २५ वर्षीय महिला इलाहावादबाट हजुरआमाको घर मुम्बई जाँदै थिइन् । तबसुमले बताए अनुसार उनकी सौतेनी आमाले उनकोे फेरि अर्को विवाहित पुरुष मो। साजिदसँग विवाह गराउन खोजेकी थिइन । पहिलेको श्रीमानले उनलाई यातना दिएपछि सम्बन्धविच्छेद गरेर माइतमा बस्दै आएकी थिइन ।

जबरजस्ती विवाहित पुरुषसँग विवाह गर्ने षड्यन्त्र थाहा पाएपछि आफू निकै तनावमा रहेको उनले बताएकी छन् । तबसुमका अनुसार छोरा जन्मिनु भन्दा करीब दुई महिनाअघि उनले आत्महत्याको प्रयास पनि गरेकी थिइन् । तर, त्यतिबेला उनी बच्न सफल नै भइन् । अहिले उनलाई सखी सेन्टरमा राखिएको छ । उनको परिवारजनलाई बुरहानपुरमा बोलाइएको छ । र घटनाबारेमा प्रहरीले अनुसन्धान जारी गरिरहेको बताएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!