Saturday, December 3, 2022
Home > समाचार > नेपालमा फेरि गृहयुद्ध चर्किने संकेत, विप्लव समूहले गर्यो हतियार सहित युद्धको घोषणा – भिडियो सहित

नेपालमा फेरि गृहयुद्ध चर्किने संकेत, विप्लव समूहले गर्यो हतियार सहित युद्धको घोषणा – भिडियो सहित

काठमाडौं – माओवादी सशस्त्र युद्ध समाप्त भएको करिब १२ वर्षपछि फेरि मुलुक अशान्त तर्फ उन्मुख हुन खोजेको संकेत देखापरेको छ । १० वर्ष चलेको माओवादी युद्धले १७ हजारबढी नागरिकको ज्यान लिएको थियो भने हजारौं अङ्गभङ्ग र बेपत्ता भए । मुलुकको आर्थिक विकासमा ठूलो नोक्सान पुगेको थियो । तर, तत्कालीन ७ राजनीतिक दल र तत्कालीन विद्रोही नेकपा माओवादीबीच २०६२ मा दिल्लीमा १२ बुँदे समझदारी गर्दै मुलुकलाई शान्तिपूर्ण अवस्थामा ल्याउन अग्रसर भए ।

तर, अहिले तत्कालीन माओवादीबाट अलग हुँदै नेपाल कम्युनिस्ट पार्टी गठन गरेका नेत्रविक्रम चन्द विप्लवले अब फेरि सशस्त्र युद्ध हुने घोषणा गरेका छन् । मुलुकको सार्वभौमिकता, अखण्डा र स्वाधीनता रक्षा गर्न नसकेको केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा पार्टीले नेतृत्व गरेको वर्तमान सरकारले आफूहरुको हत्या गर्न सुरक्षाकर्मीलाई आदेश दिएको आरोप लगाएका विप्लवले अब सशस्त्र युद्धको आवश्यक परेको जिकीर गरेका छन् ।

‘कथित १६ बुंदे सहमतिको विरोधमा अयोजित विरोध सभा’ नाम दिइएको कार्यक्रम विप्लबले अब हतियारसहितको युद्ध सुरु हुने घोषणा गरिएको छ । तर, उक्त भाषण हालसालैको हो या पुरानो हो यो एकीन भइसकेको छैन । ‘अल इन वान’ नाम गरेको युट्युब च्यानलले यही असोज २० (६ अक्टोबर २०१८)मा अपलोड गरिएको छ ।

तर, कार्यक्रममा टाँगिएको ब्यानरमा भने २०७२ असारमा काठमाडौँ लेखिएको छ । यसर्थ विप्लवको उक्त घोषणा कहिलेको हो एकीन भएको छैन । यद्यपी विप्लव समूह भूमिगत अवस्थामा रहेको छ भने उसलाई सरकारले सुरक्षा चुनौतिको रुपमा लिएको छ । केही कार्यकर्ता पक्राउ परिरहेका छन् ।

Leave a Reply