Sunday, November 28, 2021
Home > Uncategorized > बम दिदीबहिनीकाे सहयोगमा सिंगल रेप नभर्इ सामुहिक बलात्कारमा परेकि थिइन निर्मला – हेर्नुस पुरै समाचार

बम दिदीबहिनीकाे सहयोगमा सिंगल रेप नभर्इ सामुहिक बलात्कारमा परेकि थिइन निर्मला – हेर्नुस पुरै समाचार

काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी१३ बर्षीया बालिका निर्मला पन्तको सामूहिक बलात्कार भएको उच्च स्तरिय छानविन समितले ठहर गरेको छ । घटनाको दोषबारे समितिले शंकाको सुई बबिता भनिने अनिता बमतर्फ सोझ्याएको छ । गृहमन्त्रालयले आइतबार सार्वजनिक गरेको प्रतिवेदनको ३४ औं पृष्ठमा भनिएको छ- ‘अनिता बमको गतिविधि शंकास्पद देखिन्छ ।’ समितिको प्रतिवेदनले निर्मलाको हत्या बारे लेखिएकाे छ ।

उक्त बलात्कार तथा हत्या एकजनाले गर्न सम्भव नभएको भन्दै सामुहिक बलात्कार भएको विश्लेषण गरेको छ । छानविन समितिले भनेको छ, एकजनाबाट उनको बलात्कार संभव छैन । भनेर यसरी भनिएको छ ।

‘दिउँसोको समय र मान्छेहरुको आवत–जावत भइरहने सडक नजिकै एउटा व्यक्तिबाट आकस्मिकरुपमा बाटोमै समाती जबरजस्ती करणी गर्न असम्भव देखिने । किनकी, दुई हातले समातेर लिँदा पनि बालिका चिच्याउनुपर्ने, लास फेला परेको उखुबारी नजिकै घरमा दुईवटा कुकुर रहेको र चक्रदेव बडू तथा निजका बाबुसमेत उक्त दिन घरमै भएको भन्ने भनाइ र पोष्ट मार्टम रिपोर्टमा बालिकाको तौल ४०/४५ केजी उल्लेख गरिएको, एकजनाले आकस्मिक रुपमा बलात्कार गर्न एकहातले बालिकालाई समाते पनि अर्को हातले मुख थुनेको भए बालिकाको सुरुवाल, पेन्टी र आफ्नो पाइन्ट, हाफ पाइन्ट पनि खोल्न गाह्रो हुनसक्ने भएकाले एकजनाले मात्र आकस्मिक बलात्कार गर्न सम्भावना कम देखिएको ।’

जिप्रका कञ्चनपुरले तयार पारेको सनाखत मुचुल्कामा निर्मला पन्तको रातो कलेजी रंगको सुरुवाल, रातो रंगको भेष्ट र खराने रंगको पेन्टी लगायत साइकल कापी प्रहरीले बरामत गरी लगेको उल्लेख भए पनि बरामत गरिएका उल्लेखित वस्तुहरु हाल नभेटिएको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!