काठमाडौं, २१ असोज । निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानका क्रममा जिल्लाका तत्कालिन प्रहरी प्रमुख डिल्लीराज विष्ट सहितको टोलीले घटनाको प्रमाण लुकाउन गम्भिर गल्ती गरेको खुलासा भएको छ । आइतवार गृहमन्त्रालयले सार्वजनिक गरेको घटनाको अनुसन्धान प्रतिवेदनमा सो कुरा खुलाइएको छ । प्रहरीले घटनामा संलग्न अपराधि पत्ता लगाउन केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाएको नमुना नै प्रहरीले हेरफेर गरेको खुलासा भएको छ । सो घटनावाट प्रहरी घटनाको वास्तविक अपराधि पत्ता लगाउन भन्दा पनि प्रमाण लुकाउने तर्फ केन्द्रित भएको गम्भिर खुलासा गरेको छ ।
कञ्चनपुर तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लराज विष्टसहितको टोलीले प्रयोगशालामा पठाइएको नमुनामै हेरफेर गरेको खुलासा गरेको छ । प्रहरीले भदौ ८ गते विधि विज्ञान प्रयोगशालामा पठाएको नमुनालाई फेरी दोस्रो पटक फरक नमुना पठाएर सच्याएको भनिएको छ । प्रहरीले भदौ ४ गते मुचुल्का तयार पारेर ८ गते अमित गोल्ड लेखिएको निलो कट्टु, निलो रंगकै गन्जी र खैरो रंगको जिन्स हाफपाइन्ट नमुनाका रुपमा प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाएको उल्लेख छ । तर त्यसको २ दिन पछि नै गलत नमुना गएको भन्दै उच्याइएको उल्लेख गरेर पत्र पठाएको छ ।
प्रतिवेदनमा सो कुरालाई यसरी उल्लेख गरिएको छ ‘सेतो गञ्जी हुनुपर्नेमा नीलो रंगको सेन्डो गञ्जी हुन गएको र हाप पाइन्ट हुनुपर्नेमा नीलो रंगको हाफ पाइन्ट हुन गएकाले सच्चाइदिनुहुन अनुरोध गरेको देखिन्छ’, प्रतिवेदनमा भनिएको छ ।
प्रहरीले घटना भएको २६ दिन पछि अभियुक्तका रुपमा मानसिक सन्तुलन ठिक नभएका ४१ वर्षीय दिलिप सिंह विष्टलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । मुचुल्कामा उल्लेख भएको निलो कट्टु, गञ्जजी र हाफ पाइन्ट दिलिपसिंह विष्टको घरबाट बरामद भएको थियो ।
प्रहरीले वास्तविक अपराधिलाई जोगाएर विष्टलाई दोषी प्रमाणित गर्न नमुना परिर्वतन गराएको पाइएको छ । नमुना बनाउन विष्टले शौचालयमा हस्तमैथुन गरेको र हातमा विर्य लगाएर आएका थिए ।
त्यसपछि विष्टबाट बरामद भएको सोही नयाँ नमुना प्रयोगशालामा पठाएको छानविन समितिले ठहर गरेको छ । ‘छानविन समितिका एक सदस्यले मुचुल्कामा उल्लेख गरेको नमुना परिवर्तन गरेर नयाँ नमुना पठाउनु नै अपराधि लुकाउन खोजिएको प्रष्ट हुन्छ ।