Sunday, December 5, 2021
Home > समाचार > अचानक राजिनामा दिएर बसेका डिआइजी रमेश खरेलको बारेमा आयो यस्तो खबर

अचानक राजिनामा दिएर बसेका डिआइजी रमेश खरेलको बारेमा आयो यस्तो खबर

काठमाडौं – गृहमन्त्रालयले डिआइजी रमेश खरेलको राजीनामा स्वीकृत गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलले डिआइजी खरेलको राजीनामा स्वीकृत गरेका हुन् ।सरकारले नेपाल प्रहरीको २६ औं आइजीपीमा मंगलबार साँझ डिआइजी सर्वेन्द्र खनाललाई नियुक्ति गरेलगत्तै खरेलले राजीनामा दिएका थिए ।बुधबार गृहमन्त्री थापाले उनको राजीनामा स्वीकृत गर्नुभएको गृह मन्त्रालयका प्रवक्त रामकृष्ण सुवेदीले बताए । खरेलको राजीनामा स्वीकृत भएलगत्तै प्रहरी प्रधान कार्यालयमा समेत जानकारी दिइसकेको जनाइएको छ ।

यो पनि पढ्नुहोस :

काठमाडौं, २८ चैत्र । प्रहरीले वैदेशिक रोजगार विभागमा बिचौलिया बनेर सेवाग्राहीलाई ठग्ने २९ जनालाई पक्रिएको छ । वैदेशिक रोजगार विभागको ताहाचलस्थित श्रम कार्यालय अगाडि श्रमको फारम भराउने नाममा अवैध रकम असुलिरहेका उनीहरुलाई पक्रिएको महानगरिय प्रहरीले जनाएको छ ।

विभागमा सेवाग्राही ठगिएको गुनासोको आधारमा सेवाग्राही बनेर सादा पोशाकमा खटिएका प्रहरीलाई नै बिचौलियाले ठग्न खोजेपछि उनीहरु प्रहरीको फन्दामा परेका हुन् ।

सेवाग्राहीले बिचौलियाले श्रमको फारम अनलाइन भर्ने र वैदेशिक रोजगारमा जानेहरूको बीमा गरिदिने नाममा २५ सय रुपैयाँसम्म असुल्ने गरेको गुनासो गरेपछि उनीहरुलाई पक्रिन सादामा पोशाकमा प्रहरी खटिएका थिए ।

यसअघि गएको फागुन २३ गतेपनि ३५ जना पक्राउ परेका थिए । प्रहरीले अहिले बिचौलियालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!