Saturday, November 27, 2021
Home > समाचार > अन्तत :फसिन बबिता बम, यसरी भयो बबिता बम को झूटको पर्दाफास – पूरा हेर्नुहोस

अन्तत :फसिन बबिता बम, यसरी भयो बबिता बम को झूटको पर्दाफास – पूरा हेर्नुहोस

उच्चस्तरीय छानविन समितिले निर्मला पन्त बलात्कार तथा हत्याकाण्डमा बबिता बमको गतिविधि शंकास्पद रहेको जनाएको छ।आइतबार सार्वजनिक भएको सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय छानविन समितिको प्रतिवेदनले (बबिता) अनितालाई शंकास्पद गतिविधि गरेको ठहर गरेको छ।

निर्मला साथीको घरमा पढ्न भनेर गएको साउन १० गतेका दिन दिदी बबिताले आफू ट्युशन पढ्न गएको भनेर झुठो बोलेको खुलेको छ। बबिता र उनका बुवाले ‘Mirai Education Visa Centre’ का सञ्चालकलाई साउन १० गते ट्युशन पढ्न आएको भनिदिनुपर्यो भनेका थिए।

तर, उनी सो दिन ट्युशन पढ्न नगएको बरु प्रहरीले अर्की साथीको सोही दिनको नोटबुक मागेर फोटोकपी गरी बबितालाई सार्न दिएको प्रतिवेदनमा उल्लेख छ।स्थानीयले बम दिदीबहिनीमाथि पनि अनुसन्धान गर्न माग गरे पनि कञ्चनपुर प्रहरीले वास्ता गरेकाे थिएन। साेही कारण कञ्चनपुरमा अान्दाेलन चर्केकाे थियाे।

Leave a Reply

error: Please Dont Copy My Content!! !!