Saturday, August 15, 2020
Home > समाचार > थापा परिवारका पाँचै जना मृत भेटिए

थापा परिवारका पाँचै जना मृत भेटिए

काठमाडौं। व्यास नगरपालिका–९ माझफाँटका २४ वर्षीय मनोज थापा वैदेशिक रोजगारीका लागि दुबई जान झोलागुन्टा कसेर आइतबार राति सुतेका थिए । सोमबार बिहान काठमाडौं जाने साइत थियो । तर उठ्नै नपाई अस्ताए उनी आफन्तसँग भेटघाट गरी बिदा मागेर सुतेका उनी सोमबार पहिरोमा परिवारका अन्य तीन जनासँगै पुरिएउनी ४० वर्षीया आमा कमला, २१ वर्षकी श्रीमती अञ्जना र २० वर्षीय भाइ राजेशसँगै पुरिएका हुन् ।

राजेश अझै बेपत्ता छन् भने तीन जनाको शव भेटिएको छ । बिहानै उठेर राति घरभित्र पसेको पानी तर्काउँदै थिए मनोजका आमाबुबा मनोज, अञ्जना र राजेश सुतिरहेका थिए तिर अचानक गर्ल्याम्म आवाज आयो, घर लडायो । बाबु केशवबहादुर थापाको खुट्टा थिचेजस्तो भयो कमला, मनोज, अञ्जना र राजेशलाई घरले थिचि सकेको थियो । केशव भने जसोतसो भाग्न सफल भए । उनको पोखरास्थित गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक अरुण पौडेलले बताए ‘पहिरोले घरमाथिको भित्तोबाट माटोसँगै ४/५ वटा रूखहरू पनि ल्याएको रहेछ,’ स्थानीय सुदीप न्यौपानेले भने, ‘हिलो र रूखले घरलाई छोपेको थियो।’

उनका अनुसार वरपरका ४/५ वटा घरका परिवारहरू पनि आफ्नो ज्यान बचाउनमै लागिरहेका थिए ।‘सबैलाई आफ्नै ज्यान बचाउनेतिर ध्यान थियो,’ न्यौपा नेले भने, ‘उनीहरूलाई बचाउने ख्याल नै आएन ।’ वर्षा लगातार भएको र पहिरोको कारण हिलाम्मे भएर हिँड्न नसक्ने अवस्थाले पनि उद्धारमा जान नसकि एको उनले बताए।पहिरोबाट परिवारकै चार जनाको मृत्यु भएकोबारे अझै विश्वास गर्न नसकेको मनोजकी काकी कल्पना थापा बताउँछिन् ।

‘हिजो आइत बार) मात्र म विदेश जान लागेको, भोलि काठमाडौंका लागि निस्कने हो भन्दै थियो,’ उनले भनिन्, ‘आज सबेरै यस्तो देख्नुपर्‍यो ।’ मनोज गत माघमा दुबईबाट छुट्टीमा आएका थिए तर लकडाउनका कारण जान पाएका थिएनन् अलिक सहज भएपछि उनले शुक्रबार वडा कार्यार्लयमा गएर काठमाडौं जाने सवारी पासको कागज बनाएका थिए।मनोजका भाइ राजेशले पनि प्लस टु सकेर विदेश जानका लागि पासपोर्ट बनाइसकेका थिए ।

‘विदेश जाने प्रक्रिया उसले पनि चालिरहेको थियो, केही पैसा काठमाडौंमा बुझाएँ भन्थ्यो,’ कल्पनाले भनिन् । माँझफाँटकै ७० वर्षीया मैतकुमारी घर्तीको पनि पहिरोमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ । व्यास–११ ओडारेका ५२ वर्षीय पदम भुजेल पहिरोले पुरिएर बेपत्ता छन् व्यास–९ की २६ वर्षीया झनुमाया कुँवर घाइते भएकी छन् । उनको दमौलीमा उपचार भइरहेको छ।परिवारकै पाँच जनाको मृ’त्युसोमबारै रिसिङ गाउँपालिका–८ भैंसीकिलेमा अनबहादुर थापाको घर पहिरोले पुर्दा पाँच जनाको मृत्यु भएको छ ।

अनबहादुरका ३० वर्षीय छोरा भेषबहादुर, २९ वर्षीया बुहारी नानुमाया, २२ वर्षका छोरा महादेव, कान्छी बुहारी १९ वर्षीया मनिसरा र नातिनी ५ वर्षीया अमिशा मृत भेटिएको प्रहरी उपरीक्षक पौडेलले बताएपहिरोमा परी घाइते भएकी ६० वर्षीया ज्योति थापालाई थप उपचारका लागि पोखराको गण्डकी अस्पताल पठाइएको छ ।यसैगरी म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा पहिरोले घर भत्किँदा घाइते भएकी १७ वर्षीया लक्ष्मी विकको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारक्रममा मृत्यु भएको छ । सम्झना रसाइलीले कान्तिपुर दैनिकमा खबर लेखेकी छिन्।

Leave a Reply

error: Please Dont Copy My Content!! !!