Sunday, July 18, 2021
Home > समाचार > मोदी फेरी नेपाल आउदै – यस्तो छ कारण

मोदी फेरी नेपाल आउदै – यस्तो छ कारण

काठमाडौ , २१ असोज – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल आउने साइत फेरी पनि जुरेको छ । उनी मंसिर २६ गते नेपाल आउने भएका हुन् ।

मोदीले जयनगर–जनकपुर रेलको उद्घाटन गर्नुका साथै विवाह पञ्चमीमा पनि सहभागिता जनाउने भएका छन् ।

विवाहपञ्चमीमा उनी भारतबाट जन्तीको रुपमा नेपाल आउने भएका हुन् । त्यसदिन भारतका विभिन्न स्थानबाट ठुलो संख्यामा साधुहरुको आगमन हुनेछ । मोदी तिनै साधुहरूको साथ लागेर विवाह पञ्चमीका लागि आउने छन् । साथै उनले दिल्लीबाट जनकपुर आउँदासम्म विभिन्न ठाउँमा कार्यक्रम गर्नै भएका छन् ।

प्रदेश २को सरकारले पनि विवाह पञ्चमीलाई भव्य रुपमा मनाउने तयारी गरेको छ । मोदी यो भन्दा अगाडि धेरै पटक नेपाल आइसकेका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!