Saturday, August 15, 2020
Home > समाचार > आगामी ४ हप्तामा पूरै विश्वको अवस्था बदलिने भविष्यवाणी

आगामी ४ हप्तामा पूरै विश्वको अवस्था बदलिने भविष्यवाणी

काठमाडौं। चीनका सबैभन्दा बरिष्ठ कोरोनाभाइरस विशेषज्ञले आगामी ४ हप्तामा पूरै विश्वको अवस्था बदलिने भविष्यवाणी गरेका छन् । उनले आगामी ४ हप्तामा पूरै विश्वको अवस्था पहिलेजस्तै सामान्य अवस्थामा फर्कन सुरु हुने बताएका हुन् । उनका अनुसार यो अवधिपछि कोरोनाभाइरसका नयाँ संक्रमणका केसमा कमी आउनेछ । उनले चीनमा अब कोरोनाभाइरसको दोस्रो आ’क्रमण नहुने समेत भविष्यवाणी गरेका छन्।

कोरोनाभाइरस संक्रमण नियन्त्रण र उपचा रका लागि चीन सरकारले गठन गरेको मुख्य टिमका प्रमुख डा. झांग नेनशेनले यस्तो भविष्यवाणी गरेका हुन् । ८३ वर्षीय झांगले भने ‘चीनमा कोरोना भाइ रसको दोस्रो आ’क्र’मण हुने छैन किनकि हामीले मनिटरिङ सिस्टमलाई अत्यन्तै बलियो बनाएका छौं ।

डा. नेनशेनले शेनझेनको एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा यस्तो बताएको डेलिमेलले उल्लेख गरेको छ।डा. नेनशेनले भने ‘कोरोनाभाइरससँग लड्ने २ मात्र तरिका छन् पहिलो हामीले सं’क्रमणको दरलाई सबैभन्दा कम स्टरमा जैजाउँ र त्यसलाई बढ्नबाट रोकौं । यसबाट हामीलाई भ्याक्सिन बनाउन समय प्राप्त हुनेछ र हामीले यो रोगलाई समाप्त गर्न सक्नेछौं । दोस्रो तरिका यो हो कि संक्रमणमा ढिलाइ ल्याउँ र आफ्ना केही बिरामीको संख्यालाई अलग अलग तरिकाले कम गरौं । धेरैजसो देशले कोरोना भाइरसको संक्रमणलाई लिएर कडा कदम उठाएका छन् ।

यस्तोमा मलाई आशा छ कि आगामी ४ हप्तामा नयाँ संक्रमित भेटिन लगभग बन्द हुनेछ।’डा.झांगले अहिले पनि चीनमा लाखौं साइलेन्ट कोरोना क्यारियर भएको हल्ला फैलाइएको भन्दै यो झुटो भएको बताए उनले भने हामीले ती सबै बिरामी लाई अस्पतालमा भर्ना गरिसकेका छौं जसमा भाइरसको संक्रमण छ तर लक्षण देखिएको छेन । यस्ता बिरामीलाई एसिम्टोम्याटिक केस भनिन्छ एसिम्टो म्याटिक केसबाट संक्रमण बढ्ने ख’तरा चीनमा धेरै छैन । किनकि अहिलेसम्म हामीले यसको प्रमाण भेटेका छैनौं।’

डा.झांगले जो बिरामी यो भाइरसबाट संक्रमित भएर निको भइसकेका छन् उनीहरु पुनः यो भाइरबाट संक्रमित हुने आशंका निकै कम भएको बताए । यदि यस किसिमका केस आइहालेमा पनि उनीह रुबाट संक्रमण फैलिने खतरा निकै कम हुने उनले बताए । ‘यो दुर्लभ हो किनकि उनीहरुको शरीरमा पहिलेदेखि नैएन्टिबडीहरु हुन्छन् जो भाइरससँग लडि’रहेका हुन्छन्’ उनले भने।

Leave a Reply

error: Please Dont Copy My Content!! !!