Monday, July 12, 2021
Home > समाचार > होस्टेलभित्र घुसेर ४० छात्रालाई मरणासन्न कुटपिट

होस्टेलभित्र घुसेर ४० छात्रालाई मरणासन्न कुटपिट

काठमाडौं । भारतको विहारस्थित सुपौलको त्रिवेणीगञ्ज प्रहरी इलाका नजिक रहेको कस्तुरबा स्कुलको छात्रबासमा गइ एक समुहले छात्राहरुलाई निर्घात कुटपिट गरेका छन् । बाहिर रहेका बेला छात्राहरुलाई जिस्क्याएका ती केटाहरुको समुहलाई प्रतिकार गर्दा उनीहरुले पिटिनु परेको हो ।

केटाहरुको कुटाइबाट ४० जना छात्रा घाइते भएकी छन् । छात्राहरुले आफूहरुलाई सधैँ जिस्काउने आवारा केटाहरुको विरोध गरेका थिए । कुटाइबाट घाइते केहीको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुको भारतका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । छात्राहरुमाथि कुटपिट भएको २४ घण्टासम्म पनि प्रहरी कहाँ निवेदन दर्ता भएको थिएन । त्यस क्षेत्रका सांसद रञ्जित रंजनले घाइते छात्राहरुको अवस्थाबारे जानकारी लिँदै दोषीलाई कारबाही गर्ने बताएका छन् ।

घटनाको तब शुरु भयो– छात्राहरु होस्टेलको मैदानमा खेलिरहेका थिए, बाहिरबाट केटाहरुले उनीहरुलाई जिस्क्याउँदै भित्तामा अपशब्द लेखेका थिए । त्यसपछि छात्राहरुले त्यसको विरोध गरेकी थिइन् । त्यसपछि ती केटाहरुले गाँउमा गएर जानकारी गराए आफूहरुमाथि छात्राहरुले गालीगलौज गरे भनेर । त्यसको केही समयपछि गाउँलेहरु आएर ती छात्राहरुमाथि आक्रमण गरेका थिए । त्यहाँकी एक महिला अधिकारकर्मी ममता कुमारीले घटनाका दोषीलाई कडा भन्दा कडा सजायको माग गरेकी छन् । विहारका पूर्व उप–मुख्यमन्त्री तेजस्वी यादवले महिला तथा बालबालिकामाथि बढ्दै गएका हिंसाको विरोध गरेका छन् । उनले विहारका मुख्यमन्त्री नितिश कुमारको आलोचनापनि गरेका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!