प्रहरीले छुट्टै मधेशको अभियान चलाइरहेका सिके राउतलाई फेरि नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरीका कार्यालय रौतहटले राउतसहित ३ जनालाई आइतबार नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले जानकारी दिए।
उनीहरूसँग सोधपुछ भइरहेको छ,’ थापाले भने।राउत मधेस छुट्टै देश बनाउनुपर्छ भन्दै अभियान चलाइरहेका छन्।यसअघि पनि प्रहरीले उनलाई पटक पटक नियन्त्रणमा लिएर छोड्दै आएको छ।
– नेपाली जनताको लामो बलीदानीपूर्ण सघर्षबाट जारी गरिएको संविधानको विरोध भइरहँदा जनकपुरजस्तो ब्यस्त बजारमा प्रहरीले सिके राउतको सुइको पाएन ।
जनकपुरको बिरोध र्यालीमा पुगेर संविधान विरोध गर्दै आएका र संविधानलाई कालो दिवस मनाउने घोषणा गरेका सिके राउतले १५ मिनेट मन्तब्य राख्दा पनि प्रहरी नदेखिनुले प्रहरीको सुरक्षा ब्यवस्था निकै कमजोर देखिएको छ ।
संविधानको विरोधमा कालो दिवस मनाउने घोषणा गरेका स्वतन्त्र मधेश गठबन्धन राउतले बिरोध र्यालीलाई सम्बोधन गरेर त्यहाँबाट एकाएक भागेका थिए ।त्यस्तै, संविधान दिवसकै दिन स्वतन्त्र मधेसको माग गर्दै रुपन्देहीको गैडहवामा आमसभा भएको छ । सिके राउत नेतृत्वको स्वतन्त्र मधेश संगठनले आफ्ना कार्यकर्ता राममनोहर यादवको श्रद्धाञ्जलि कार्यक्रमसहित कालो संविधान भन्दै विरोध सभा गरेका हुन । राष्ट्रिय अखण्डताविरुद्धको सभा चल्दा प्रहरी भने मुकदर्शक बनेका छन् ।