Saturday, July 17, 2021
Home > समाचार > निर्मला हत्या काण्ड अनुसन्धानमै सिमित बनाउन यस्तो चलखेल

निर्मला हत्या काण्ड अनुसन्धानमै सिमित बनाउन यस्तो चलखेल

काठमाडौं -सयौं अपराधी छुटून् तर एक जना निर्दोषले सजाय नपाओस्, त्यसै भनिएको होइन । त्यसैले चाहे जो कोही होस् अभियुक्त लुकाएर लुक्दैन र कानुनी राजका लागि पत्ता लगाउन जरुरी पनि छ ।कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ७३ दिन पुगेको छ । तर हत्या अनुसन्धान शून्यमै छ । अनुसन्धान लम्बिँदै जाँदा घटना झन् रहस्यमय बन्दै गएको छ ।

हत्या भएलगत्तै प्रहरीले सुरुवाती अनुसन्धानमा लापर्बाही गर्दा कतिपय प्रमाण नष्ट भएका छन् । जसका कारण अनुसन्धान डीएनए र पोस्टमार्टम रिपोर्टमा भर पर्नुपरेको थियो । तर डीएनए पनि नेगेटिभ आएपछि अनुसन्धानको पाटो अब कता भन्ने प्रश्न आमजनमानसमा उब्जेको छ ।घटनाको अनुसन्धानका लागि ६ टोली खटियो तर अनुसन्धान शून्यमै छ । अाजकाे राजधानी दैनिकमा विस्तृतमा खबर छापिएकाे छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!