Thursday, May 6, 2021
Home > समाचार > बि.स.२०७४ चैत्र २९ गते बिहिबार सन् २०१८ अप्रिल १२ तारिखको राशिफल हेर्नुस्

बि.स.२०७४ चैत्र २९ गते बिहिबार सन् २०१८ अप्रिल १२ तारिखको राशिफल हेर्नुस्

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

भोलि तपाईबाट प्रतिष्ठा बढ्ने कार्य सम्पन्न हुने योग रहेको छ। भोलि तपाई रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त गर्न सफल रहनु हुने देखिन्छ भने भोलिको दिन तपाईको मनोरन्जन केन्द्रित रहन सक्ला। भोलि तपाईको निर्धारित कार्य समयमा सफल रहन सक्ला। भोलि तपाईलाई अरूका कमजोरीबाट फाइदा उठाउने मौका मिल्न सक्ला। भोलि दवाबमा आएर भने कुनै पनि कार्य नगर्नु होला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

भोलि तपाईलाई प्रतिकुलताले सताउने देखिन्छ। भोलि तपाईमा शारीरिक स्फूर्तिको कमि रहने देखिन्छ। भोलि परिवारमा शान्त वातावरण होस् भन्नको लागि तपाई आफैं संयम रहनु होला। मानसिक विकारहरू बढ्न सक्ने देखिन्छ। भोलि तपाईलाई कानुनी रुपमा पनि जटिलताको सामना हुन सक्ला। भोलि तपाईले चिताउनु भएको कार्य सम्पन्न हुन गार्हो पर्ने देखिन्छ। भोलि आर्थिक लेन-देनबाट टाढा रहनु होला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

भोलि तपाईले आफु भन्दा अग्रज व्यक्तिसँग व्यवहारमा विशेष ध्यान दिनु पर्ने देखिन्छ भने भोलि तपाइको बोलीको गलत अर्थ लाग्न सक्ला। तपाईले स्वास्थ्यमा ध्यान दिनुपर्नेछ। आगो र पानीबाट बच्नु होला। व्यापारीहरू पैसा लेनदेन र यात्राबाट लाभ उठाउन सफल रहनु हुने देखिन्छ। आफ्नो परिवारको प्रगति देखेर मन खुसि हुनेछ। भोलि तपाइको सामाजिक मात्र नभई पारिवारिक सम्बन्ध समेत राम्रो रहने देखिन्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

भोलि तपाईलाई स्वास्थ्यले खासै साथ नदिने देखिन्छ। भोलि तपाईलाई आर्थिक भर समेत बढेको महसुस हुन सक्ला। बोलीमा नियन्त्रण नहुँदा भोलि तपाईको छबी समेत बिग्रन सक्ला। भोलि तपाईको सोचका कारण लज्जित हुनु पर्ने अवसर आउन सक्ला। तसर्थ व्यवहारमा नियन्त्रण राख्नु पर्ला। वाद-विवाद नहोस भन्नको लागि सजक रहनु पर्ने भोलिको दिनमा तपाईलाई आर्थिक लाभ समेत मिल्न गार्है देखिन्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo )

भोलि तपाईको परिवारको स्वास्थ्यलाई लिएर चिन्ता बढ्न सक्ला। भोलि तपाईले आफ्नो बोलीमा नियन्त्रण राख्नु पर्ने देखिन्छ। भोलि तपाई अलि विचलित रहनु हुने दिन परेको छ। आकस्मिक धन व्ययको योग रहेको भोलिको दिन खासै उपलब्धिमुलक रहने देखिन्न। भोलि तपाईको मान हानी समेत हुने देखिन्छ। भोलि कानुन र निर्णयहरूसँग सम्बन्धित कुराहरूको बारेमा सावधानी राख्नुहोला। भोलि खर्चको मात्रा उच्च हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

आर्थिक, सामाजिक साथै पारिवारिक दृष्टिबाट भोलिको दिन तपाईको सफल रहने देखिन्छभोलि तपाई सामाजिक कार्यमा आफ्नो प्रभुत्तो स्थापित गर्न सफल रहनु हुने देखिन्छ। भोलि तपाईलाई अध्ययनमा समेत सफलता मिल्न सक्ला। आयमा वृद्धि र व्यापारमा लाभ मिल्ने भोलिको दिन तपाईको अध्यत्मिकता प्रति केहि हदसम्म केन्द्रित रहन सक्ला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

भोलिको दिन तपाईको आध्यात्मित कार्यमा केन्द्रित रहने देखिन्छ। भोलि आध्यात्मिक उपलब्धि प्राप्त गर्न तपाईलाई खासै गार्है नपर्ने देखिन्छ। भोलि तपाईलाई आर्थिक लाभ सजिलै मिल्नाले तपाईमा मानसिक चिन्ता हटेर जाने देखिन्छ। भोलि स्वास्थ्यमा पनि सुधार आउन सक्ला। तर भोलि बोलीमा साथै क्रोधमा भने नियन्त्रण राख्नु होला। यात्रा गर्न शुभ रहेको भोलिको दिन तपाईको शुभनै रहला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

भोलि तपाई रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त गर्न सफल रहनु हुने देखिन्छ भने भोलिको दिन तपाईको मनोरन्जन केन्द्रित रहन सक्ला। भोलि तपाईबाट प्रतिष्ठा बढ्ने कार्य सम्पन्न हुने योग रहेको छ। भोलि तपाईको निर्धारित कार्य समयमा सफल रहन सक्ला। भोलि तपाईलाई अरूका कमजोरीबाट फाइदा उठाउने मौका मिल्न सक्ला। शारीरिक र मानसिक स्वास्थ्य राम्रै रहने देखिन्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius )

भोलि तपाईले हरेक कार्य गर्नु भन्दा पहिला गहल विचार हटाउनु पर्ने देखिन्छ। भोलि तपाईले आफुमा विशेष विश्वास कायम गरेर अघि बढ्नु होला। भोलि तपाईलाई मध्यान्न पछी आर्थिक प्रतिकूलता रहने देखिन्छ। प्रेम सम्बन्ध भने राम्रै रहन सक्ला। आर्थिक कठिनाईको सम्भावना देखिन्छ भने भोलि तपाई परिवारको मनोरन्जनको लागि खर्च बढेर जाने देखिन्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

तपाईंको धार्मिक र आध्यात्मिक प्रवृति भोलि बढ्नेछ। व्यवसाय र व्यापारको वातावरणमा राम्रो हुनेछ। तपाईंको हरेक कार्य आरामसंग पूरा हुनेछ। जीवनमा खुशीको मात्रा बढ्नेछ। मध्य दिन पछि, तपाईंलाइ नकारात्मक सोच आउनेछ। भोलि तपाईले हरेक निर्णय गर्दा परिवारमा सल्लाह गरेर मात्रै अघि बढ्नु पर्ने देखिन्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भोलिको दिन तपाईको वैदेशिक यात्राको लागि शुभ देखिन्छ भने भोलि तपाईको व्यवसायिक यात्रा समेत सफल हुने देखिन्छ। भोलि तपाईले धार्मिक तीर्थमा सरिक हुने अवसर पाउनु हुने देखिन्छ। भोलि आनन्द र उत्साहको वातावरण परिवारमा रहनेछ। आर्थिक लाभ राम्रै मिल्ने भएता पनि भोलि तपाई साझ भने खर्चमा ध्यान दिनु होला। भोलि जागिरमा समेत पदोन्नतिको योग देखिन्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

भोलि तपाईको कलामा निखार देखा पर्ने देखिन्छ भने भोलि तपाईको रचना शक्तिमा समेत वृद्धि हुने देखिन्छ। भोलि तपाईमा बौद्धिक क्षमताको वृद्धि हुने देखिन्छ भने भोलि तपाई हरेक सहि निर्णय सहित सम्पूर्ण कार्यमा सफलता पाउनु हुने देखिन्छ। भोलि तपाईलाई बिहान आर्थिक भार पर्ने भएता पनि तपाईलाई मध्यान्न पछी भने आर्थिक लाभ राम्रै मिल्ने देखिन्छ। भोलि प्रेम जीवन सफल रहने देखिन्छ।

Leave a Reply