Wednesday, July 15, 2020
Home > समाचार > प्रहरी हिरासतबाट शौच गर्न गएका थुनुवा नै हराएपछि…

प्रहरी हिरासतबाट शौच गर्न गएका थुनुवा नै हराएपछि…

वीरगञ्ज ।

अवैध काठसहित पक्राउ परेका एक जना शाैच गर्ने बहानामा वन कार्यालयको थुनुवा कक्षबाट फरार भएका छन्। पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ३ कौवाबन कटैयाका भरत माझी थुनुवा कक्षबाट फरार भएका हुन्।

मंगलबार राष्ट्रिय वनबाट काँचो सालको गोलिया अवैध रुपमा काटेर ल्याउँदै गर्दा उनलाई वन गस्ती टोलीले पक्राउ गरेको थियो।

पक्राउ परेका माझीलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय पर्सा अन्तर्गत रहेको सब–डिभिजन वन कार्यालय बढनिहारमा राखिएको थियो।

बढनिहारमा थुनुवा कक्षमा रहेका बेला शौच गर्न जाने बहाना बनाई उनी भागेको सब–डिभिजन वन कार्यालय बढनिहारका सुबेदार रामअशिष पटेलले जानकारी दिए। फरार माझीको खोजी कार्य भइरहेको पटेलले बताए।

Leave a Reply

error: Please Dont Copy My Content!! !!