Saturday, July 11, 2020
Home > समाचार > धन कमाउन गएका दुवईमा नौ महिना जेल, नेपाल फर्केपछि कोरोना

धन कमाउन गएका दुवईमा नौ महिना जेल, नेपाल फर्केपछि कोरोना

भक्तपुर — कसै कसैकाे त भाग्य पनि कस्तो? बल्ल जिन्दगीमा केहि हुन्छ कि बनेर विदेश गएका यी युवा दुबईमा साथीसँग झगडा परेपछि डकेन्द्र जेल परे । ६ महिने सजाय कटाउ नै लागेका बेला लडकडाउन भयो थप तीन महिना जेलमै बस्नुपर्‍यो आममाफी पाएर नेपाल फर्के, होल्डिङ सेन्टरमा बसेका बेला उनलाई कोरोना संक्रमण भयो । कुनै लक्षणबिना उनी १० दिनपछि कोरोनामुक्त भ अब भने ढुक्क भएर घर फर्केका छन् ।

मोरङको मिक्लाजुङ गाउँपालिका–५ संगमचोकका २९ वर्षीय डकेन्द्र दर्नाल यूएईबाट जेठ २३ मा एयर अरेबियाको जी नाइन १७५१ चार्टर फ्लाइटबाट त्रिभुवन विमानस्थल आइपुगेका थिए । यूएईबाट सँगै आएकामध्ये एक जनामा कोरोना संक्रमण देखिएपछि विमानका यात्रु सबैलाई ‘होल्डिङ सेन्टर’ नलगी भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइन लगियो ।त्यहाँ ११ दिन बसेपछि उनलाई पनि अ सार ३ मा संक्रमण पुष्टि भयो । त्यसपछिको १० दिन टेकु अस्पतालमा उपचार गराएपछि उनी शुक्रबार डिस्चार्ज भएका छन् ।

‘पीसीआर रिपोर्ट पोजिटिभ आयो तर लक्षण केही देखिएन,’ उनले भने, ‘आरामसँग अस्पतालमा बसें, ढुक्कले डिस्चार्ज भएँ ।’अस्पतालमा दैनिक ज्वरो, प्रेसर, अक्सिजन नाप्ने,समय–समयमा खाना/खाजा खुवाउने गरेको उनी बताउँछन् । दुबईमै आरडीटी र पीसीआर परीक्षण गरी नेगेटिभ रिपोर्ट आएपछि यूएईबाट जेठ २३ मा नेपाल आइ पुगेको उनले बताए ।१७ महिनाअघि वैदेशिक रोजगारीका लागि दुबई पुगेका उनले एक कम्पनीमा कार्यालय सहायकका रूपमा ७ महिना काम गरे । एउटै कम्पनी मा कार्यरत सहकर्मीको झगडाका कारण उनले जेल जीवन जिउनुपर्‍यो ।

‘नौ महिना जेल परें, अदालतले ६ महिना सजाय तोकेको थियो तर कोरो नाका कारण तीन महिना थप बस्नुपर्‍यो,’ उनले भने,‘नागरिकता, पासपोर्ट केही दिएन । नेपाल फर्काउन एउटा पेपर बनाइदिए ।’उनीसँग लगाएको एक जोर कपडाबाहेक केही थिएन । जेल परेपछि परिवारसँगको सम्पर्क टुट्यो । ‘होल्डिङ सेन्टरमा आएर सिम पाएपछि मात्र परिवार, आफन्तसँग सम्पर्क भयो, घरबाट पैसा मगाएर कपडा र जुत्ता किनें,’ उनले भने ।यसअघि कतारमा तीन वर्ष बसेका दर्नाललाई अब वैदेशिक रोजगारीका लागि कुनै मुलुक जाने रहर छैन ।

‘कामदारका रूपमा कुनै मुलुकमा रगत, पसिना बगाउन चाहन्न,’ उनले भने, ‘अब आफ्नै मुलुकमा केही गर्ने विचार छ ।’कुवेतबाट ल्याइएका बालक बालग्राममाजिल्लास्तरीय संकट व्यवस्थापन केन्द्र (डीसी सीएमसी) भक्तपुरले कुवेतबाट ल्याइएका एक अभिभावकविहीन बालकलाईएसओएस बालग्राम सानोठिमीमा बुझाएको छ । जेठ ३० मा कुवेतबाट उद्धार भई आएकी रूपन्देहीकी रोजिता थारूले ५ महिने अभिभावकविहीन बालकलाई साथै ल्याएकीथिइन् ।

ती बालकलाई थारूसँगै चाँगुनारायण नगरपा लिका–७ खरि पाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्र क्वारेन्टाइनमा दुई साता राखिन् थारूले चार वर्षदेखि कुवेतमा सँगै कार्यरत झापाकी एक महिलाले ती बालकलाई जन्म दिएको र कामकाज गर्न असहज भएकाले नाबालकलाई नेपाल लगी आफन्तलाई बुझाइदिन अनुरोध गरेकाले ल्याएको प्रहरीलाई दिएको निवेदनमा उल्ले ख छ ।

खरिपाटी क्वारेन्टाइनमा १४ दिन राख्दासमेत बालकलाई हेरचाह गर्ने हकवाला आफन्त कोही नआएकाले तत्कालका लागि बालकको संरक्षण र हेरचाह गर्न एसओएस बालग्रामलाई बुझाएको प्रहरीले जनाएको छ ।डीसीसीएमसी भक्तपुरको असार १० को बैठकले शिशुको हकवाला आफन्त कोही नआएसम्म तत्कालका लागि संरक्षण र हेरचाहका लागि एसओएस बालग्रामलाई बुझाउन निर्णय गरेको हो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!