Saturday, July 11, 2020
Home > समाचार > दाङका एक वडाध्यक्षलाई यसरी कार्यकक्षमै कु’टेपछि

दाङका एक वडाध्यक्षलाई यसरी कार्यकक्षमै कु’टेपछि

काठमाण्डाैं ।

वडाअध्यक्ष फर्साराम डाँगीमाथि आ’क्रमण गरेको आरोपमा विप्लवका कार्यकर्तामाथी प्रहरीले अनुसन्धान अघि बढाएको छ । दाङको शान्तिनगर गाउँपालिका -२ का वडाध्यक्ष फर्साराम डाँगीमाथि आ’क्रमण गरेको आरोपमा पक्राउ परेका उनीहरुलाई प्रहरीले सोधपुछ शुरु गरेको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार नेत्रविक्रम चन्द विप्लव समूहका तीन जना कार्यकर्तालाई मङ्गलबार राति शान्तिनगर -२ बाट पक्राउ गरिएको थियो ।

उनीहरुको नाम र ठेगाना भने प्रहरीले गोप्य राखेको छ । मङ्गलबार अपराह्न २ बजेतिर आक्रमणबाट घाइते डाँगीलाई उपचारका लागि काठमाडौँ लगिएको छ ।

वडाअध्यक्ष डाँगीको काठमाण्डाैं स्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!