Tuesday, July 7, 2020
Home > समाचार > दुःखद खबरः साँसद ज्ञानकुमारी छन्त्याल रहिनन्!

दुःखद खबरः साँसद ज्ञानकुमारी छन्त्याल रहिनन्!

काठमाडौं ।

प्रतिनिधिसभा सदस्य ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । लामो समयदेखि बिरामी भएर गंगालाल अस्पतालमा भर्ना भएकी छन्त्यालको बिहान नौ बजे निधन भएको नेपाली कांग्रेसले जनाएको छ ।

समानुपातिक कोटामा नेपाली कांग्रेसबाट सांसद बनेकी छन्त्याल यसअघि संविधानसभा सदस्यसमेत भएकी थिइन् । बागलुङको पश्चिम क्षेत्रको सामाजिक विकासमा छन्त्यालको महत्वपूर्ण योगदान रहेको छ ।

मुटुमा समस्या भएपछि उनको डेढ हप्ताअघि मुटुको शल्यक्रिया गरिएको थियो । ६६ वर्षीया छन्त्याल बागलुङको तमानखोला गाउँपालिका ५ खुंखानीकी स्थायी बासिन्दा थिइन् ।

छन्त्यालको निधनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कांग्रेस नेता डा. शेखर कोइराला, प्रमुख सचेतक बालकृष्ण खाँण लगायतका नेताहरुले दुःख व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस बागलुङले पनि शोक व्यक्त गरेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!