Tuesday, July 7, 2020
Home > अन्तराष्ट्रिय > ल हेर्नुस पकिस्तानकै इतिहाँसमा पहिलोपटक लेफ्टिनेन्ट जनरल पदमा पुगिन यी महिला

ल हेर्नुस पकिस्तानकै इतिहाँसमा पहिलोपटक लेफ्टिनेन्ट जनरल पदमा पुगिन यी महिला

पाकिस्तान ।

मेजर जनरल निगार जोहर पाकिस्तानी सेनाको इतिहासमा लेफ्टिनेंट जनरलको पदमा पुग्ने पहिलो महिला बनेकी छिन । पकिस्तानी सेनाको अन्तर सेवा सार्वजनिक सम्बन्ध (आईएसपीआर) लाई उद्धृत गर्दै एआरवाई न्यूजले भनेको छ, “मेजर जनरल निगार जोहरलाई लेफ्टिनेन्ट जनरलका रूपमा पदोन्नती गरिएको छ ।”

पाकिस्तानी सेनाको सञ्चार शाखाका अनुसार जोहरलाई पाकिस्तानी सेनाको पहिलो सर्जन जनरलका रूपमा पनि इतिहास बनाएकी छिन् । जोहर पाकिस्तानको ख्यवरपाख्तुङ्ख्या राज्य स्वावी जिल्ला, पञ्जपीरका स्थायी वासिन्दा भएको आइएसपीआरले आफ्नो ट्वीटर पेजमा उल्लेख गरेको छ । उनी मेजर जेनरलमा सन् २०१७ मा पदोन्नती हुँदा उक्त पदमा पुग्ने तेस्रो महिला बनेकी थिइन् ।

प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाए

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । उनले राजनीतिक परामर्शका लागि भन्दै मन्त्रीहरुलाई बिहान ८ बजे बालुवाटार बोलाएका हुन् । मंगलवार स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग गरिएको थियो । बैठकमा शीर्ष नेतासहित १७ जनाले ओलीको राजीनामा माग गरेका थिए ।

ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन माग गरेपछि बुधवार (आज) ओलीले राजनीतिक परामर्शका लागि मन्त्रीहरुलाई छलफलमा डाकेका हुन् । प्रधानमन्त्री ओलीले साढे २ वर्षदेखि सरकारको नेतृत्व गरिरहेका छन् । ओलीलाई स्वेच्छाचारी ढंगले अगाडि बढेको भन्दै शीर्ष नेताहरुले राजीनामा माग गरेका थिए ।

मंगलबारको स्थायी कमिटी बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले स्थायी कमिटीमा ओलीको राजीनामा मागेका थिए ।

सरकारको सुझाव के छ ?

प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले सलह आएको थाहा पाउनासाथ पालिका, कृषि ज्ञान केन्द्र वा स्थानीय निकायमा सूचना दिन आग्रह गरेको छ । त्यस्तै सलहबारे समुदायमा जानकारी दिन र घरको झ्याल ढोका थुन्न केन्द्रको सुझाव छ । केन्द्रका अनुसार भाँडाकुँडा, बाजा, लाउडस्पिकर बजाउने, आगो बाल्ने गरेर सलहको झुण्डलाई बस्नबाट रोक्न सकिन्छ ।

मालाथिन, ल्याम्डा साइहेलोथ्रीन, क्लोरपाइरिफोेस, डेल्टामेथ्रीन आदि पानीमा घोलेर छर्किन सकिने केन्द्रको सुझाव छ । धानको ब्याड, तरकारी आदिलाई भने जाली वा त्रिपालले ढाकेर राख्दा पनि हुन्छ । सलह प्रोटिनयुक्त भएकाले जम्मा गरेर हाँस, कुखराको आहारा बनाउन सकिने केन्द्रले जनाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!