Tuesday, July 7, 2020
Home > समाचार > परिवार चढेकाे स्करपियो दुर्घटनामा आमा सहित जवान छोराकाे ज्यान गयो

परिवार चढेकाे स्करपियो दुर्घटनामा आमा सहित जवान छोराकाे ज्यान गयो

१६ असार, मुग्लिङ ।

मुग्लिन–नारायणगढ सडकखण्ड अन्र्तगत चितवनको भरतपुर महानगरपालिका –२९ स्थित सत्र किलोमा स्करपियो र ग्यास बुलेट एक आपसमा ठोक्किदाँ दुई जनाको मृत्यु भएको छ भने तीन जना घाईते छन् । काठमाडौँबाट हेटौडा जाँदै गरेको बा १३ च ५९२९ नम्बरको स्करपियो र विपरित दिशाबाट आउँदै गरेको एन एल ०१ क्यु ५१०६ नम्बरको ग्याँस बुलेट एकआपसमा ठोक्किदाँ दुर्घटना भएको हो ।

सोमबार साँझ भएको दुर्घटनामा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ५ की ४८ वर्षिया प्रभा गौतम र उनका २५ वर्षिय छोरा अनुज धितालको मृत्यु भएको चितवन प्रहरीले जानकारी दिए । प्रभाको सोमबार साँझ र अनुजको मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डिएसपी) एवम् सूचना अधिकारी सूर्य थापाले जानकारी दिए ।

मोडमा तीब्र गतिका कारण सवारी दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । दुर्घटनामा स्करपियो चालक हेटौंडा उपमहानगरपालिका वडा नं ५ का ४८ बर्षिय राजन घिमिरे, सोही ठाउँका ५३ बर्षिय कृष्ण धिताल र २७ वर्षिया बर्षा धिताल घाईते भएका छन् । घाईते राजन गैह्र सरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष हुन् ।

घाईतेको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घाईते मध्ये चालकको अवस्था गम्भीर छ भने दुई जनाको अवस्था सामान्य छ । चालक बाहेक चार जना एकै परिवारका हुन् । घटनापछि बुलेटका चालक फरार छन् । उनको खोजी कार्य भइरहेको चितवन प्रहरीले जानकारी दिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!