Saturday, July 11, 2020
Home > अन्तराष्ट्रिय > टिकटकमा बेली डान्स पोस्ट गरेकै कारण ३ वर्षको जेल सजाय

टिकटकमा बेली डान्स पोस्ट गरेकै कारण ३ वर्षको जेल सजाय

एजेन्सी।

इजिप्टकी एक बेली डान्सर सामा एल–मैसीलाई सोसल मिडियामा उत्तेजित भिडियो पोस्ट गरेको भन्दै जेल सजाय सुनाएको छ । अदालतले काहिरलाई मानिसहरुलाई दुर्व्यवहार र अनैतिकताका लागि उक्साएको आरोपमा तीन वर्षको जेल सजाय र १८ हजार ६ सय डलर जरिवाना सुनाएको हो ।

इजिप्टकी एक बेली डान्सरलाई सामाजिक सञ्जालमा उत्तेजक भिडियो शेयर गरेको भन्दै ३ बर्ष जेल सजाय सुनाइएको छ । इजिप्टकी बेली डान्सर सामा एल मेसीलाई सामाजिक सञ्जालमा अनैतिक भिडियो पोष्ट गरेको आरोपमा त्यहाँको अदालतले ३ बर्ष जेल र साढे २२ लाख जरिवानाको सजाय सुनाएको हो ।

सञ्चार माध्यम अल जजीराका अनुसार ४२ बर्षिय मेसीलाई शनिवार अदालतले ३ वर्ष जेल र ३ लाख इजिप्सियन पाउण्ड जरिवानाको सजाय सुनाएको जनाइएको छ । उनले गएको अप्रिलमा सामाजिक सञ्जालमा उत्तेजक तस्बिर र भिडियो शेयर गरेकी थिइन् ।

उनले भिडियोहरु शेयर गरेपछि पक्राउ गरिएको थियो । उनले आफ्नो भिडियोहरु टिकटकमा शेयर गरेकी थिइन् । भिडियोमा उनले सार्वजनिक रुपमा मानिसहरुको उत्तेजना बढाउने काम गरेको बताइएको छ ।

अल–मैसीलाई अप्रिलमा सोसल मिडियामा भिडियो र तस्बिरको अनुसन्धानको क्रममा पक्राउ गरिएको थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!