Saturday, July 11, 2020
Home > समाचार > २ फलफूल व्यापारी कुलेश्‍वरबाट ६५ लाख नगदसहित पक्राउ

२ फलफूल व्यापारी कुलेश्‍वरबाट ६५ लाख नगदसहित पक्राउ

काठमाडौँ । काठमाडौंको कुलेश्वरमा फलफूल व्यापार गर्दै आएका दुई जनालाई स्रोत नखुलेको ६५ लाख ८ हजार रुपैयाँ नगदसहित प्रहरीले पक्राउ गरेको छ ।महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी रुगम कुँवरका अनुसार बारा गढीमाईका ४७ वर्षीय रमेश सिंह र उनका साला भारतीय नागरिक २५ वर्षीय रविकुमार सिंह सोमबार दिउँसो कुलेश्वरबाट पक्राउ गरेका हुन् । दुवै जनालाई कालीमाटी वृत्तमा राखिएको छ ।

डीएसपी कुँवरले उनीहरुबाट बरामद रकम हुन्डी कारोबारीको हुन सक्ने बताए । यस विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

सलह भारत फर्केनन् भने के हुन्छ ?
सलहका झुन्ड अहिले टुक्रिदै देशका विभिन्‍न जिल्लाहरुमा फैलिरहेका छन् । बास बसेको क्षेत्रहरुमा यिनीहरुले बालीलाई नोक्सानी पनि गरिरहेका छन् । नेपाल प्रवेश गरेका झुन्डहरु वयस्क अपरिपक्‍व (गुलाबी रंगको) भएकाले यिनीहरुले प्रजनन गर्ने सम्भावना कम रहेको विज्ञहरुको भनाइ छ । यस्तै वयस्क परिपक्‍व (पहेंलो रंग) का सलह विकासित नहुने र बाली नोक्सानी गर्दै मर्ने किट विज्ञ जोशीले बताए ।

सलहको जीवनचक्रमा फुलको अवस्था २ साता रहने र बच्चा कोरिलिएपछि ५ सातामा व्यस्क हुने र अर्को नयाँ झुन्ड तयार हुने जोशीले जानकारी दिए । पहेंलो वयस्कहरु अन्न सखाप पार्दै जीवन चक्र समाप्त हुने उनले बताए । सलहको ‘समर ब्रिडिङ’को समय भएकाले जुलाईसम्ममा त्रास हुने उनले बताए । सलहको आयु २ देखि तीन महिनाको हुने र एउटा वयस्क सलहले फुल पार्ने र बच्चा हुर्काइसक्दा जीवन चक्र पनि समाप्त हुने उनले बताए ।

नेपालमा फैलिरहेका झुन्डहरुमा टुक्रिने र हावाले उडाएर लैजाने क्रम जारी छ । जसका कारण क्षति त्यति ठूलो हुन नसक्ने नार्कका किट विज्ञ सुदीप उपाध्ययाले बताए । उपाध्यायले नेपालको भौगोलिक अवस्था र यहाँको हावापानी हेर्दा सलहलले प्रजनन् गर्न सक्‍ने सम्भावना अत्यन्तै न्यून रहेको बताए । कुनै कारणले सलहको आनीबानी परिवर्तन हुन पनि सक्‍ने उनको भनाइ छ । मौसमको प्रतिकूलताका कारण नेपालमा रहेका सलह यही नष्ट भएर जाने उपाध्याले बताए ।

उनले भने, ‘अहिले सलह नै अलमलमा परेजस्तो देखिन्छ । झुन्ड बाहिरिएका छैनन् । टुक्रिएर फैलने क्रममा छन् । प्राविधिक समितिले अध्ययन पनि गरिरहेको छ । यिनीहरुलाई नेपालको मौसम अनुकल भइरहेको छैन ।’ उपाध्यायले भारतको राजस्थानबाट दिल्ली आएको अर्को झुन्ड केही ठूलो रहेको र उत्तरतिर हावा बहे नेपाल आउने सम्भावना धेरै रहेको बताए । यसैले तयारी अवस्थामा बस्नुपर्ने उनको सुझाव छ ।

सलहका कारण नेपालमा भएको क्षतिको यकिन विवरण मन्त्रालयले तयार गरिरहेको छ । सबैभन्दा बढी मकवानपुरको मकवानपुरगढीमा क्षति गरेको कृषि मन्त्रालयले सलह नियन्त्रणका लागि गठन गरेको प्राविधिक समितिका संयोजक सहदेव हुमागाईंले बताए । उनका अनुसार मकवानपुर गढीमा लगाइएको ठूलो क्षेत्रफलको मकै बालीमा सलह बसेको तर कति क्षति भयो भन्‍ने विवरण निकालि नसकिएको बताए । ७ वटै प्रदेशहरुमा सलह व्यवस्थापन सम्बन्धी प्रदेश स्तरीय टास्क फोर्स गठन गरिएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!