Saturday, July 11, 2020
Home > भिडियो > कञ्चनपुरकाे क्वारेन्टाइनमा बसेका विरामी परेर यस्तो बेहाल, संक्रमितकाे परीक्षण बिनै घर पठाएपछि (अडियो भिडियो)

कञ्चनपुरकाे क्वारेन्टाइनमा बसेका विरामी परेर यस्तो बेहाल, संक्रमितकाे परीक्षण बिनै घर पठाएपछि (अडियो भिडियो)

कंचनपुर ,असार १५ ।

कंचनपुरमा रहेका क्वेरन्टाइन ब्यवस्थित नभएको त्यहाँ रहेका बिरामीहरुले गुनासो गरेका छन । जस मध्य कोरोना पोजेटिभ देखिएकी उक्त जिल्लाकी अधिकारकर्मी आनन्दी देवी राना थारूले बताएकि छिन । सोमबार नियात्रा टिभी सँग गरिएको टेलिफोन कुराकानीमा उक्त गुनासो गरेकी हुन ।

उनले भनिन “मलाई कोरोना पोजेटिभ देखिए पछि एक हप्ता क्वेरन्टाइनमा राख्यो र हिजो १४ गते पठायो तर मेरो पुन: पीसीआर टेस्ट गरिएन मलाई त्यसै पठायो । त्यहाँ रहेका स्वास्थ्यकर्मी सँग पुन: परिक्षणका अनुरोध गर्दा सरकारको निती नरहेको बताउनु भयो र मलाई घर पठाइयो ।

यो र उदाहरण मात्र भएको बताउनु भयो महाकाली अंचल अस्पातलको क्वेरन्टाइन मा म सहित २८ जना रहेको र १ हप्ता सम्म म रहँदा त्यहाँको स्थिती निकै नै अब्यवस्थित रहेको स्वास्थ्यकर्मी पनि समयमा नआउने र पढ्न् नजान्नेहरुलाई औषधी को मात्रा पनि खुवाउने ब्यवस्था नभएको अस्पातलले दिएको मास्क पनि १ हप्ता सम्म प्रयोग गर भन्ने जुन मास्कको समय जम्मा १२ घण्टा मात्र प्रयोग हुनु पर्ने हो भने पछी मास्क दिन थालेको बताउनु भयो ।

प्रयोग हुने साबुन पनि आधा काटेर दिने गरेको भन्दै गुनासो गर्नु भयो । टेलिफोन वार्तामा वहाँले दिएको बयान अडियो भिडियो मार्फत सुनेर सेयर पनि गरिदिनुहाेला ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!