Wednesday, July 15, 2020
Home > राशिफल > ०७७ आषाढ १६ गते मंगलबार ई. स. २०२० जुन ३० तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

०७७ आषाढ १६ गते मंगलबार ई. स. २०२० जुन ३० तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

आजको पञ्चाङ्ग

वि.सं.२०७७ असार -१६,मंगलवार, ई.सं.२०२० जून – ३० , शक संवत्-१९४२,नेपाल संवत्-११४० दिल्लाथ्व, प्रमादी, उत्तरायण, ग्रीष्म आषाढ शुक्लपक्षतिथि – दशमी , १९:११ बजे उप्रान्त एकादशी, नक्षत्र-चित्रा ०५:४३ बजेदेखि स्वाती , २८:०६ बजे उप्रान्त अनुराधा, योग-शिव , १४:५४ बजे उप्रान्त सिद्ध, करण-तैतिल ०८:२४ बजेदेखि गर , १९:११ बजे उप्रान्त वालव, चन्द्रराशि-तुला, आनन्दादि योग ध्वांक्ष, सूर्योदय-५:१३, सूर्यास्त – १९:०२, दिनमान – ३४ घडी ३२ पला, मन्वादि।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –

पढाई लेखाईमा प्रविधिको प्रयोग गरि निरन्तरता दिन सकिनेछ । जीवन साथिको सहयोगले महत्वपुर्ण कामहरु गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । नाँफामुलक व्यावासय भन्दा पनि सेवामुलक व्यावसाय फस्टाएरु जानेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –

पढाई लेखाईमा मन जानेछ । आफन्त घर परिवार तथा मामा मावली पक्षबाट भनेजस्तो सहयोग तथा समर्थन पाईनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । तरपनि वाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ । व्यापार व्यावसायमा घाटा लाग्नेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) –

अध्ययन अध्यापनको क्षेत्रमा भनेजस्तो प्रगति हुँने हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि हुनेछन् । सन्तान तथा आफन्तहरुले तपाईले शुरु गरेको काममा साथ तथा समर्थन दिनेछन् । माया प्रेममा रमाउँन चाहनेहरुका लागि आजको समय उत्तम रहेकोछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –

कामगर्दा ख्याल गर्नुहोला काम बिग्रने तथा कमाएको नाममा ठेस पुग्न सक्छ । आफन्त,साथिभाई तथा घर परिवारका मानिससँग टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । व्यापार व्यावसायमा मन्दि आई आर्थिक अवस्था कमजोर हुनेछ । आफ्नो ज्यानको ख्याल गर्नुहोला । बिहानको समयमा सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –

दाजुभाई तथा छिमेकिको सहयोगले परिणाममुखि काम गर्न सकिने समय रहेकोछ । तपाईले शुरु गरेको काममा सबैको सहयोग तथा समर्थन रहनेछ । काम गर्ने शैलि परिवर्तन गरि आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै गन्तब्य पहिल्याउन सकिनेछ । तरपनि स्वास्थ्य सम्वन्धी समस्या देखिन सक्छ ध्यान दिनुहोला।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) –

समाजमा आफन्त तथा आत्मिय मित्रका साथ सुमधुर सम्बन्ध स्थापना गर्न सकिनेछ । अध्ययनमा प्रशस्त समय दिन सकिने हुँनाले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ भने बुद्धिमता पुर्वक गरिएको कामहरु सफलता पुर्वक सम्पन्न हुनेछन् । असहज परिस्थितिको सामना गर्नुपरेपनि सार्थक नतिजा निकाल्न सकिने हुँनाले मन प्रशन्न हुनेछ । पारिवारिक माहोलमा जमघट भई नयाँ साथिहरु बनाउँन सकिने तथा स्वादिष्ट भोजन ग्रहण गर्न सकिनेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) –

उत्तम बस्त्र,मनपर्ने भोजन तथा बिशेष उपाहार प्राप्तिको योग रहेकोछ । बिभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुँने हुँदा आफन्तहरु खुसि हुनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखि रहनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने हुँनाले सार्वजनिक पद पाउँने योग रहेकोछ । तरपनि बिहानको समय मध्ययम रहेकोले ज्यानको ख्याल गर्नुहोला।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) –

स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला । आफन्त तथा अग्रजहरुको सुझाब तथा सल्लाहलाई अध्ययन गरि अगाडि बढ्दा राम्रो रहेको छ । घर परिवार तथा आफन्तको सहयाग पाईनेछ । व्यापार व्यावसायमा नाफा कमाउँन निकै समय खर्चनु पर्नेछ । तरपनि बिहानको समय राम्रो रहेकोले सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) –

घर परिवारका ईच्छा तथा आकांक्षाहरु पुरा गर्न सकिने हुदा आफन्तहरु खुसि रहनेछन् । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा रमाउने जोडीहरुका लागी समयले साथ दिनेछ । उचित समयमा दाजुभाई तथा अग्रजबाट पाईने सहयोगले एक कदम अगाडि बढ्न सकिनेछ । तरपनि स्वास्थ्यको ख्याल गर्नुहोला।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –

राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईनेछ । सामाजिक कामहरु समयमा सम्पन्न गर्न सकिने हुँदा सम्मान प्राप्त हुनेछ । अध्ययन तथा अध्यापनमा समय दिन सकिने हुँदा सोचे भन्दा राम्रो नतिजा हात लाग्नेछ । तरपनि भिडभाडमा नजानुहोला । वाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्य सम्वन्धी समस्या आउँनेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) –

अध्ययनमा प्रविधिको प्रयोग मार्फत नतिजा आफैतिर ल्याउन सकिनेछ । परिवार तथा आफन्त जनसँगै बसेर मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । तरपनि स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहनेछ । व्यापार व्यावसायमा भनेजस्तो नाँफा कमाउँन सकिने छैन।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –

माया प्रेममा धोका हुन सक्छ भने घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुनेछन् । गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । बिहानको समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!