Tuesday, July 7, 2020
Home > जीवनशैली > नेपालकी युवतीसंग बिवाह गर्ने बलिउडको ‘हिरो नम्बर वान’ गोबिन्दा हुन् यति अर्बका मालिक!

नेपालकी युवतीसंग बिवाह गर्ने बलिउडको ‘हिरो नम्बर वान’ गोबिन्दा हुन् यति अर्बका मालिक!

एजेन्सी । ९० को दशकका निकै चर्चीत बलिउड अभिनेता हुन् गोबिन्दा आहुजा । उनको ससुराली नेपाल हो । त्यसैले उनी बारम्बार नेपाल पनि आइरहन्छन् । उनी धेरै पटक आफ्नो पत्नीका साथ नेपाल आएका छन् । पशुपतिनाथ मन्दिरले पनि उनलाई लोभ्याउँछ । त्यसैले उनी केही वर्षको अन्तरालमा पशुपति दर्शनका लागि पनि नेपाल आउने गरेका छन् । ९० को दशकमा दर्शको मन मष्तिक्समा बस्न सफल अभिनेता गोबिन्दाको ब्यक्तिगत जिवन पनि निकै रोचक छ ।

उनी सामाजिक रुपमा मात्र धनि छैनन्, आर्थिक रुपले पनि उत्तिकै सम्पन्नशाली छन् । भारतीय एक अनलाइन पोर्टलको रिपोर्ट अनुसार सन् २०२० मा गोबिन्दाको कूल सम्पत्ति २० मिलियन डलर अर्थात् २ अर्ब ४१ करोड रुपैयाँ आँकलन गरिएको जनाएको छ । उनले विज्ञापन मार्फत सो आम्दानी गरेका हुन् । गोबिन्दाले ब्रान्ड एन्डोर्समेन्टले उनलाई यति धेरै सम्पत्तीको मालिक बनाएको हो ।

गोबिन्दाले सन् १९८६ मा इल्जाम नामको फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए । त्यो समयमा गोबिन्दाले बलिउडमा तहल्का मच्चाएका थिए । खासगरी उनको डान्सको फ्यान दर्शक थिए । हाँस्य अभिनयमा उनको जादु चल्छ । डान्स र हाँस्य अभिनय उनको सबैभन्दा सफल कला हुन् । सन् २०२० मा आइपुग्दा गोबिन्दाको कूल सम्पत्ति २ अर्ब बढी छ ।

उनले निकै राम्रा चलचित्रमा अभिनय गरेर दर्शकको मन जितेका छन् । उनले अभिनय गरेका ‘इल्जाम’ ‘लभ’, ‘ह/त्या’, ‘जिते है शान से’, ‘हम जैसी’ छन् । उनले आफ्नो जिवनमा १ सय ६५ भन्दा बढि फिल्ममा काम गरेको बताइएको छ । फिल्मी क्षेत्रमा ब्यस्त भएकै समय ९० को दशकमा उनको आम्दानीमा पनि उतार चढाव आएको थियो ।

फिल्म शोला और शबनम, राजा बाबू, कुली नम्बर वान, हिरो नम्बर वान, दिवाना मस्ताना, दुल्हे राजा, बडे मियां–छोटे मियां, अनाडी नम्बर वान, हसिना मान जाएगी, साजन चले ससुराल र जोडी नम्बर वानमा उनले निकै शसक्त अभिनय गरेका छन् । उनी केही समय सम्म राजनीतिमा पनि सकृय थिए । अहिले उनले राजनीति छोडेर फिल्म निर्माणमा लागेका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!