Tuesday, July 7, 2020
Home > भिडियो > बाटोमै धान रोप्दै बर्दियाकाे जनताहरू… फलेपछि जनप्रतिनिधिलाई उपहार दिइने (भिडियो सहित)

बाटोमै धान रोप्दै बर्दियाकाे जनताहरू… फलेपछि जनप्रतिनिधिलाई उपहार दिइने (भिडियो सहित)

बर्दिया । अषाढ १५ गते धान दिवस मनाईने दिनमा बर्दियाको मधुबन नगरपालिकाका किसानहरुले बाटो खनेर बाटोमा धान रोप्दै धान दिवस मनाएका छन् । सोमबार मधुवन नगरपालिकाको वडा नं. ५ र ६ को सिमानाका किसानहरुले बाटो खनेर सामूहिक रुपमा बाटोमा धान रोपेर धान दिवस मनाएका हुन् । उनीहरुले त्यस नगरपालिकाका जनप्रतिनीधिहरुको ध्यानाकर्षण गराउनकालागी आफुहरुले बाटोमा धान रोपेको बताएका छन् ।

उक्त नगरपालिकाको वडा नं. ५ र ६ को बाटो बनाईदिने प्रतिबद्धताका साथ चुनाव जितेका जनप्रतिनीधिहरुले अहिलेसम्म बाटो नबनाएकोमा त्याहाँका युवाहरुले बाटोमा धान रोप्दै गरेको भिडियो बनाएर बाटोको समस्यालाई सार्वजनिक गरेका छन् । सोही वडाका रेशम चन्द नाम गरेका युवाले बनाएको उक्त भिडियोमा पुरुषहरुले हिले बाटो खनेर धान रोप्न मिल्ने गराएको देखिन्छ भने महिलाहरुले सामूहिक रुपमा धान रोपेको देखिन्छ ।

स्थानिय युवा रेशम चन्दका अनुसार आफुहरुले उक्त बाटो बनाईदिनकालागी जनप्रतिनीधिहरुलाई पटक पटक आग्रह गरेता पनि त्यस्को कुनै सुनुवाई नभएको हुनाले स्थानिय सबै मिलेर जनप्रतिनीधिलाई देखाउन र स्थानिय सरकारको ध्यानाकर्षण गराउनकालागी बाटोमा धान रोपिएको हो । उनले भिडियो बनाए बापत आफुलाई कानूनी सजाय यदि नेपाल सरकारले दिन्छ भनेपनि त्यो भोग्न तयार रहेको भन्दै विशेषगरी उक्त भिडियो मार्फत सम्बन्धित निकायको ध्यान जाओस् भन्ने उद्येश्यले आफुले भिडियो बनाएको बताएका छन् ।

उनले भिडियोमा बाटोको दुरदर्शा देखाउँदै बाटोको दुवैतिर नाला नभएको हुनाले पानी निकासा हुन नसकेर बाटो हिलाम्य भएको बताएका छन् । त्यसरी पानी निकासा हुन नसकेर बाटो हिलाम्य भएको हुनाले स्थानियहरुलाई आवतजावतमा सास्ती भोग्नु परेको पनि चन्दले बताएका छन् । साथै उनले उक्त भिडियोमा आफुहरुले बाटोमा रोपेको धान फल्यो भने मधुबन नगरपालिकाका मेयर र उपमेयर त्यसैगरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष लगाएत अन्य जनप्रतिनीधिहरुलाई सित्तैमा दिने पनि बताएका छन् ।

भिडियो हेर्नहोस

भिडियोः रेशम बिरही चन्दकाे फेसबुकबाट ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!