Sunday, December 5, 2021
Home > अन्तराष्ट्रिय > अत्यन्तै दुःखद खबरः यात्रुबाहक बस नदीमा खस्यो, १२ जनाकाे घटनास्थलमै मृत्यु

अत्यन्तै दुःखद खबरः यात्रुबाहक बस नदीमा खस्यो, १२ जनाकाे घटनास्थलमै मृत्यु

श्रीनगर । भारत नियन्त्रित काश्मिरमा शनिबार एक सडक दुर्घटना भएको छ । पहाडी इलाकाको चिप्लो बाटोमा यात्रा गरिरहेको एक मिनिबस दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ यात्रुवाहाक सो मिनी बस शनिबार बिहान नदीमा खसेर दुर्घटना भएको अधिकारीले जानकारी दिएका छन् । यस समाचारमा विस्तृत विवरण भने प्राप्त नभएको र यस दुर्घटनामा परी कति व्यक्ति घाइते भएका हुन सो प्रष्ट भएको छैन् ।

पहाडी बाटोमा बस धेरै तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । भारत विश्वको तुलनामा नै बढी सडक दुर्घटना हुने देशको सुचीमा पर्दछ ।

याे पनि हेर्नुसः

सोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै सत्तारुढ संघीय समाजवादी फोरमका सांसद हरिनारायण रौनियार स्वतः निलम्बनमा परेका छन् ।यद्यपि, प्रतिनिधिसभा नियमावली अनुसार उनले अदालतबाट फैसला नभएसम्म सांसदको लोगो भने प्रयोग गर्न पाउने छन् । तर, सांसदको हैसियतको सेवा सुविधा भने पाउने छैनन् ।

पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रौनियार, पप्पु कन्स्ट्रक्सनका अध्यक्ष तथा सांसद रौनियारका छोरा सुमित, सडक डिभिजिन प्रमुखसहित १२ जनाविरुद्ध अख्तियारले शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।भ्रष्टाचार निवारण ऐन २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी ऐन २०४८ अनुसार भ्रष्टाचारको मुद्दा दायर भएसँगै सार्वजनिक पद धारण गरेका व्यक्तिको पद स्वतः निलम्बनमा पर्ने अधिवक्ता नवराज थपलियाले बताए ।रौनियार प्रतिनिधिसभाको निर्वाचनअघिसम्म पप्पु कन्स्ट्रक्सनका अध्यक्ष थिए । सांसद निर्वाचित भएसँगै उनले अध्यक्ष पद छाडी छोरालाई जिम्मा लगाएका हुन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!