Wednesday, July 15, 2020
Home > भिडियो > अत्यन्तै दुःखद घटना: झापामा असार महिनाको झरिमा यस्तो अविवेकि बन्दै मान्छेहरू

अत्यन्तै दुःखद घटना: झापामा असार महिनाको झरिमा यस्तो अविवेकि बन्दै मान्छेहरू

झापा । मानिसहरु कति अविवेकी बन्दै गएका छन् । संस्कार, धर्म मुल्य मान्यता सबै गुम्दै गएको छ । यो एउटा उदाहरण पस्किदा हामीलाई पनि निकै नराम्रो लागेको छ । झापामा एक पुरुषले छोरी नाता पर्ने युवतीलाई भगाएर लगेका छन् । आफ्नो श्रीमतीको दिदीको छोरीलाई लिएर हिडेका छन् । हरिमाया राई जो चौधरीको छोरी हुन् । उनका श्रीमानले एक साता अघि आफ्नै दिदीको छोरी लिएर हिँडेका छन् ।

उनले श्रीमान र छोरी हिडेपछि एक साता देखि उनीहरुको खोजी गरिहेकी छन् । उनलाई पहिले नै छिमेकीले पनि उनीहरुका बारेमा हरिमायालाई नभनेका भने होइनन् । तर आफ्नै छोरीले यस्तो बेइमानी गर्छ होला भन्ने कल्पना पनि गरिनन् । उनले त्यो छोरीलाई आफ्नै दुध खुवाएर हुर्काएकी थिइन् । त्यो छोरीको वुवाको निधन भएपछि उनले आफुले नै छोरीलाई पाल्दै आएकी थिइन् ।

बुवा नभएको छोरी हो, अंकलसंग बुवाको माया साट्दै होली भन्ने आफुले सोचेको बताएकी छन् । उनले छोरी लिएर हिडेका श्रीमानलाई खोजीका लागि प्रहरीमा उजुरी पनि दिएकी छन् । उनले आफ्नै छोरी सरह मानेर श्रीमानसंगै गोठाला पठाउने गर्थिन ।

उनीहरु गोठालोमा जाँदा काँस घारीमा उनीहरु जिस्किदै गरेको छिमेकीले देखेपछि आएर आफुलाई आएर कुरा लगाए । उनले भनिन्, अरुका कुरा सुनेर आफ्नै छोरीलाई नराम्रो सोच्नु पनि भएन । त्यही पनि छोरीलाई के कुरा हो भनेर सोधें, उनले भनिन् छोरीले पाथिभरा माता देखि सबै भगवानको कसम खाएर होइन भनेर भनी । त्यसपछि मैले दिदीसंग कुरा गरेर गाउँलेले त्यसै भनेका रहेछन् त्यस्तो केही होइनछ भनेर कुरा गरेँ ।

अहिले पनि आफुलाई छोरीले पनि धोका दिएको बताइन् । उनकी दिदीको दलित युवकसंग विवाह भएको थियो । उनले पनि राईसंग विवाह गरेकी हुन् । अन्तरजातिय विवाह गरेकी उनी अहिले श्रीमानले आफ्नै छोरी लिएर हिडेपछि अलपत्र परेको बताएकी छन् । नयाँ घर बनाउन भनेर भएको घर पनि भत्काइएको छ ।

घर असरल्ल छ । श्रीमान पनि छैनन् । उनको पानी ओतलाग्ने र घाम छेक्ने छानो पनि छैन । एकातिर घर छैन अर्कोतिर श्रीमान पनि आफ्नै छोरी लिएर हिँडेपछि अहिले आफ्नो बिचल्ली भएको बताइन् ।

उनले छोरीलाई ललाई फकाइ गरेर लगेको छ भने पनि छोरीको न्यायको लागि लाग्ने बताएकी छन् । पहिला उनी घर आउनु पर्यो अनि कुरा के हो त्यस पछि मात्र के गर्ने भन्ने सोचौला । उनले श्रीमानलाई माफी भने दिन नसक्ने बताइन् । १५ वर्षको विवाह गरेकी उनको अहिले आफ्नै पनि एक छोरी छन् ।

भिडियाेः

Leave a Reply

error: Please Dont Copy My Content!! !!