Saturday, July 11, 2020
Home > जीवनशैली > राजधानीमा यी ठाउँहरूमा यसरी हुन्छ यौ’नधन्दा ? महिला ग्राहकले समेत ‘सेवा’ पाउँथे, सुन्दै अचम्म लाग्ने सेवा (नाम सहित)

राजधानीमा यी ठाउँहरूमा यसरी हुन्छ यौ’नधन्दा ? महिला ग्राहकले समेत ‘सेवा’ पाउँथे, सुन्दै अचम्म लाग्ने सेवा (नाम सहित)

एजेन्सी । कलंकीस्थित मकालु पेट्रोल पम्पको पछाडिपट्टि एउटा साढे तीनतले घर छ । जहाँ ‘सो’साइटल ओभरसिज सर्भिसेज प्रालि’ लेखिएको साइनबोर्ड देख्न सकिन्छ । साइनबोर्डका अनुसार त यहाँ कामदार विदेश पठाउने काम हुनुपर्ने हो तर वास्तविकता अर्कै छ । यहाँ मेनपावर व्यवसाय नभएर यौ’न व्या’पार भइरहेको थियो ।जहाँबाट ग्राहकले आफ्नो मागअनुसार यौ’नकर्मी छानेर लैजान्थे वा त्यहीँ रहेको रुममा रमाइलो गर्न सक्थे ।

यहाँ पुरुषले मात्र होइन, महिला ग्राहकले समेत ‘सेवा’ पाउँथे । मेनपावरभित्र तम्तयार अवस्थामा रहेका यौ’नकर्मीले चित्त नबुझे अन्य थरी यौ’नकर्मी डाक्ने कल से’न्टरको पनि सुविधा थियो । पछिल्लो पटक प्रहरीले यो घरमा छापा मार्दा थाहा भयाे-मेनपावरको आवरणमा समेत शहरमा यसरी यौ’नधन्दा खुलेआम चलिरहेको थियो । मेनपावर सञ्चालक कीर्तिपुरकी विमला अधिकारी र अर्घाखाँचीका गोपाल भुसाल अहिले कालिमाटीस्थित प्रहरी वृत्तमा छन् ।

नयाँबजारस्थित प्रहरी चौकीको छेउमा बाग्मती खोला छ । खोलाको पारिपट्टि तीनटा खाजापसल लहरै स’ञ्चालित छन् । जुन खाजापसलमा यौ’न भोक मेट्न सकिन्छ । त्यहाँ सजिलै यौ’नकर्मी उपलब्ध हुन्छन् । शहरमा यस्ता खाजापसल अ’नगिन्ती छन् । खाजापसलको आवरणमा वर्षौंदेखि स’ञ्चालित यहाँको यौ’नधन्दा प्रहरीकै सं’रक्षणमा खुलेआम चलिरहेको यहाँका स्थानीयवासीको आ’रोप छ । यी खाजापसलका लागि ग्राहक बटुल्ने दलालहरू रत्नपार्क, सुन्धारालगायत क्षेत्रमा हजाराै भेट्न सकिन्छ ।

एक खाजापसलकी स’ञ्चालिकाका अनुसार यहाँ सस्तैमा यौ’नप्यास मेट्ने अवसर जुर्छ । पाँच सयमा यौ’नकर्मी, सयमा कोठा, दलालमार्फत आए दुई–चारसय उसलाई तिर्नुपर्छ । यी पसलमा समय–समयमा जुवा पनि चलिरहेको देख्न सकिन्छ । उता, चाबहिलस्थित ओम अस्पताल वरपर मःमः पसलका नाममा कोठी स’ञ्चालित छन् । जहाँ छिरेका ग्राहकले मःमःसँगै यौ’नप्यास पनि मेट्न पाउँछन् । अस्पतालमा आएका बिरामी र कुरुवाहरू थाहा नपाई खाजा खान भित्र पस्दा म’हँगोमा फस्ने गर्छन् ।

‘अस्पतालभित्रको क्यान्टिन महँगो ठानेर यहाँ आइयो,’ अस्पतालकै छेउमा भेटिएका एक कुरुवाले दुखेसो पोखे, ‘यहाँ त मःमःको साथमा अर्कै स्वागत हुँदा पो रैछ मेराे त सातो गयो । जबर्जस्ती यौ’नकर्मी भि’डाउन खोज्दा रहेछन् । मैले मानिनँ । एक प्लेट मःमः र एउटा चिसोको हजार रुपैयाँ तिर्नुपर्यो ।’

खाजा नपाउने यस्ता खाजापसलहरू गोंगबु, स्वयम्भू, खुसिबु, टेकु, कुलेश्वर, कोटेश्वर, गौशाला, चाबहिल, चक्रपथ, ग्वार्कोलगायत राजधानीका दर्जनौँ इलाकामा छ्या’पछ्यापती खुलेका छन् ।

झु’पडीमै यौ’नधन्दा चलाइरहेका यस्ता खाजापसलहरू महँगा (आफूलाई उच्च कोटीका ठान्ने) यौ’नकर्मीहरूका सम्पर्क स्थानका रूपमा समेत प्रयोग भइरहेका छन् । सोह्रखुट्टेमा स’ञ्चालित यौ’नधन्दा गर्ने केही खाजापसल प्रहरीले ब’न्द गराए पनि अझै कैयौँ पसलहरू प्यासी ग्राहकका अ’खडा बन्दै आएका छन् ।

यहाँका खाजापसलले त प्रहरीबाट सुरक्षित रहेको भन्दै ग्यारे’न्टी दिलाएर ग्रा’हक तान्छन् । एक स’ञ्चालक भन्छन्, ‘घुमुवालाई हातमा लिन सके सबै कुरो मिल्छ ।’ उनीहरूकै शब्दमा घुमुवा अर्थात् सादा पोशाकका प्रहरीहरू ‘दिन दुगुना, रात चौगुना’ म’हँगा बन्दै गएकाले व्यवसायबाट फाइदा कमाउन मुस्किल परेको छ ।

सामाखुशीमा सञ्चालित एक लेडिज एन्ड जेन्ट्स पार्लरले वर्षौंदैखि ग्राहकको यौ’नप्यास मेटाइदिँदै आएको छ । पार्लर त देखाउने दाँत मात्र हो । चपाउने दाँत अर्कै छ । स’ञ्चालिका दाबी गर्छिन्, ‘यहाँबाट ग्राहकले मात्र सेवा पाइरहेका छैनन् । गरिब परिवारका महिलाले शरीर बेचेर जीवन धानिरहेका छन् । ट्याक्सी चालकले ग्राहक ल्याइदिएर ‘एक्स्ट्रा टिप्स’ पाइरहेका छन् ।’ उनका अनुसार देहसुखको खोजीमा रहेका धनीमानी महिला–पुरुषलाई भनेकै स्थानमा सेवा ‘डेलिभर’ पनि भइरहेको छ । ‘जनतालाई यत्रो सेवा दिँदा उल्टै प्रहरी–प्रशासनबाट सताइनुपर्ने कस्तो पेशा गरिएछ ?’ सरकारलाई स’ञ्चालिकाको प्रश्न छ, ‘हामी के सरकारका जनता होइनौँ ? हामीले आफ्नो पेशा–व्यवसाय ढुक्कसँग किन गर्न नपाउने ?’ पार्लरमा सुन्दर हुन आउने ग्रा’हककै ‘डिमान्ड’का आधारमा आफूले पार्लरको सेवालाई विस्तार गरेको उनको भनाइ छ ।

‘सरकारका बाउ आए पनि यो शहरमा यस्तो काम ब’न्द हुन सक्दैन,’ उनी क’डा रूपमा प्र’स्तुत हुन्छिन्, ‘व्यवस्थित गर्न्तिर सरकारले सोचेन भने उसकै लाज हुने हो । लगेर दुई–चार दिन थु’न्दैमा डराउनेवाला छैनौँ ।’ कैयौँ पटक प्रहरी खोरमा पर्दै-छुट्दै गरेको अ’नुभवले उनी खारिएकी छिन् ।

आवरण बदलिरहने धन्दा

मेनपावर, पार्लर, खाजापसल, कस्मेटिक, सैलुन, होटल, बार, मसाज, स्पा‘। यस्ता कैयौँ आवरणमा यौ’नधन्दा चलिरहेको छ । धन्दावालहरू चौपट्टै बाठा छन् । जो देखाउने दाँत अर्थात् आवरण बदलेको बदल्यै हुन्छन् । ग्राहकसँग साक्षात्कार गर्ने जुक्ति र माध्यम अनौठा लाग्छन् । प्रहरी र ध’न्दावालाहरूबीच बेलाबेला लु’कामारी चलिरहन्छ ।

बदलिइरहने आवरणले यौ’नधन्दा पहिचान गर्नै गाह्रो पर्ने गरेको प्रहरी बताउँछ । ‘ध’न्दावालाहरू हामी (प्रहरी) भन्दा धेरै बाठा छन्,’ महानगरीय प्रहरी बौद्ध वृत्तका डीएसपी नरहरि रेग्मी स्वीकार्छन्, ‘पहिचान भइहाले पनि तह लगाउनै मुस्किल छ ।’

प्रहरीका अनुसार ध’न्दावालाहरूलाई सार्वजनिक अ’पराधभन्दा ठूलो सजाय हुने मुद्दा चलाउन सकिन्न । सार्वजनिक अ’पराध मु’द्दा चलाउन पनि संस्थागत रूपमा पेशेवर तवरले लागेकाहरूलाई भन्दा अरूलाई गाह्रो छ । पछिल्लो समय संस्थागत तवरले भन्दा व्यक्तिगत सम्पर्क र ‘बार्गे्निङ’मा दे’ह व्यापार गर्ने धेरै छन् ।

मेनपावरका नाममा ‘यौनधन्दा चलाइरहेका स’ञ्चालकहरू वि’रुद्ध महानगरीय प्रहरी कालिमाटी वृत्तले मानव बेचबिखन तथा ओ’सारपसार मु’द्दा चलाइरहेको छ । ‘त्यहीँ काम गरिरहेका पीडित महिलाहरूले दिएको उजुरीका आधारमा मु’द्दा अघि बढाएका छौँ,’ वृत्तका डीएसपी हेम थापाले भने, ‘मेनपावरमा जागिर लगाइदिने आ’श्वासन दिएर शरीर बेच्न बाध्य पारेको पीडित महिलाहरूको भनाइ छ ।’

डीएसपी थापाका अनुसार ध’न्दावालाहरूले महिनामा पाँच हजार रुपैयाँ तलब दिने भन्दै १८-१९ वर्ष उमेरका किशोरीहरूलाई यौ’नकार्यमा लाग्न बाध्य पारेका थिए । संस्थागत तवरले चलेका यौ*नधन्दा बाहेकलाई कार’बाहीको दाय’रामा ल्याउन नसकिएको उनको भनाइ छ ।

‘ध’न्दाको सूचना पाएसम्म रेड हान्ने हो,’ डीएसपी थापाले भने, ‘सार्वजनिक अप’राध मुद्दा चलाएर बढीमा २५ दिन थुनामा राख्यो । फेरि सुरु गरिहाल्छन् । अझ व्यक्तिगत सम्पर्कमा धन्दा चलाउनेलाई का’रबाहीको दाय’रामा ल्याउनै मुस्किल छ ।’

डीएसपी थापाका अनुसार पछिल्लो पटक छापा हा’निएको मेनपावरले यौन’कर्मी र विदेश जाने कामदार दुवैको द’लाली गरिरहेको थियो । विदेश जाने र आउने कामदारलाई यौ’नकर्मी मिलाइदिएर म’हँगो रकमसमेत असु’लिरहेको थियो ।

‘फ्ल्याट’को यौ’नधन्दा सदाबहार

सामान्य मान्छेको पहुँच कमै हुने ‘फ्ल्याट’को यौन’धन्दा शहरका लागि सदाबहार बनिसकेको छ । बलियो ‘सेटिङ’का भरमा चलाइएका यस्ता फ्ल्याटमा प्रहरीले वास्ता गर्दैन । फ्ल्याटमा रेगुलर ग्राहक धेरै जान्छन् । टोले गुण्डाहरूको समेत सहयोग हुने भएकाले ढुक्कसँग व्यवसाय चलाउँछन् । काठमाडौँ, नारायणटारस्थित एक फ्ल्याटबाट निस्कँदै गरेका ग्राहकले भने, ‘बरु महँगै तिर्ने हो । ढुक्कसँग मज्जा लिइन्छ । यहाँ त पुलिस, गुण्डा कसैको टे’न्सन हुँदैन । जो पायो त्यही आउने पनि चान्स कम हुन्छ ।’ ग्राहकहरूका अनुसार अझ फ्ल्याटमा भन्दा अ’पार्टमेन्टमा स’ञ्चालित कोठीहरू सुरक्षित र आ’रामदायी हुन्छन् ।

यौ*नधन्दाविरुद्ध प्र’भावकारी कदम चाल्न प्रहरीलाई पनि गाह्रो छ भन्छन्, प्रहरी वृत्त दरबारमार्गका डीएसपी कृष्णबहादुर पो’ल्मीमगर । ‘ग्राहक खोज्न सडकमै उ’त्रनेहरूलाई लखेट्न सक्छौँ, स’म्झाउन सक्छौँ,’ उनले भने, ‘कोठी नै खोलेर बस्नेलाई सा’र्वजनिक मुद्दा चलाइन्छ । यसलाई उनीहरू सामान्य रूपमा लिन्छन् । नै’तिकता हुनेले पो थाहा पाउँछ, सा’र्वजनिक मु’द्दा कति ग’म्भीर हो भनेर ।’

सोह्रखुट्टे वृत्तका डीएसपी सोमेन्द्र राठौरका अनुसार यौ’नधन्दाको निगरानी राख्नु यहाँको प्रहरीको ‘डे’ली रुटिन’ हो । ‘यस्ता ध’न्दाहरू घरबेटी, स’ञ्चालक, कामदार, ग्राहक धेरै पक्षको स’हमतिमा थरीथरी आ’वरणमा चलेका हुन्छन्,’ उनले भने, ‘त्यस्ता ध’न्दालाई ब’न्दै गराउन गाह्रो पर्छ । तर, सूचना पाएसम्म ध’न्दा रोक्ने काम गरिरहेकै हुन्छौँ ।’ गौशाला वृत्तका डीएसपी नवराज कार्की छुट्टै टिम बनाएर यौनधन्दा ब’न्द गराउन लाग्ने योजना सुनाउँछन् । प्रहरीका अनुसार जुनसुकै आ’वरणमा पनि ‘सञ्चालित हुन सक्छन्, यौनधन्दा । धन्दावालाहरू ग्राहक बटुल्ने तामझामसँगै आवरण बदल्ने योजना बुन्नमा व्यस्त हुन्छन् ।

उता, यौ*नधन्दाको बलियो ‘स्पट’ गोंगबु क्षेत्रको प्रहरी पनि धन्दावालाको आवरण बदलिइरहने रणनीति र गतिलाई पछ्याउन नसकेको स्वीकार्छ । गोंगबु प्रहरी प्रभागका प्रहरी निरीक्षक रामनारायण माझी वेश्यावृत्तिमा मुद्दा चलाउनु मात्र समस्याको समाधान होइन भन्छन् ।

– शुक्रबार साप्ताहिक/ kantipath.com

Leave a Reply

error: Please Dont Copy My Content!! !!