Tuesday, July 7, 2020
Home > भिडियो > राष्ट्रभक्तिको गीतमा प्रदीप खड्का र निती शाह (भिडियो सहित)

राष्ट्रभक्तिको गीतमा प्रदीप खड्का र निती शाह (भिडियो सहित)

काठमाडौं – अभिनेता प्रदीप खड्काले अभिनय गरेको एक राष्ट्रभक्तिपूर्ण गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । अभिनेता खड्का र निती शाहको अभिनय रहेको ‘जय जय नेपाल’ बोलको गीत आइतवार (आज) युट्युबमार्फत सार्वजनिक गरिएको हो । यो गीतलाई अभिनेता खड्काले ‘राष्ट्रका लागि कलाकारका रुपमा योगदानको प्रयास’ का रुपमा हेरेका छन् ।

शनिवार गीतको टिजर सार्वजनिक गरिएको थियो । टिजरलाई धेरैले मन पराएको प्रतिक्रिया दिएका छन् । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा प्रदीप खड्कालाई फरक लुकमा देख्न सकिन्छ ।

राष्ट्रभक्तिका शब्द समेटिएको गीतमा सत्यराज आचार्य, स्वरुपराज आचार्य, प्रविशा अधिकारी, प्रताप दा र विपिन घिमिरेले स्वर दिएका छन् । यस्तै गीतको भिडियोमा प्रदीप र नीति शाहसँगै सत्यराज आचार्य, स्वरुपराज आचार्य, प्रताप दास, प्रविशा अधिकारी लगायतलाई देख्न सकिन्छ । यसअघि ‘सुनौलो बिहानी फर्किनेछ’ बोलको गीतमा प्रद‍ीपसहित अन्य सेलिब्रेटीलाई फिचरिङ गरिएको थियो ।

यो गीतका शब्द अशोक शेरचनले लेखेका हुन् भने एलिस कार्कीले संगीत दिएका हुन् । साथै संगीत संयोजन शैलेन्द्र एम प्रधानले गरेका हुन् । मेचीदेखि कालीसम्म एउटै आवाज गुञ्जिने र हामी सबैलाई सिंगो देश चाहिने भावना गीतमा प्रस्तुत गरिएको छ भने गीतको भिडियोलाई नितिन चन्दले निर्देशन देख्न सकिन्छ ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!