Wednesday, July 15, 2020
Home > अन्तराष्ट्रिय > सोमालियामा मा’रिएका आ’तं’क’कारीका नाइके नेपाली – रोयटर्स

सोमालियामा मा’रिएका आ’तं’क’कारीका नाइके नेपाली – रोयटर्स

एजेन्सी । सोमालियाको मिडियाले वि’द्रोही अल सबाब समूहको पकड क्षेत्रमा सेनाले आ’क्रम’ण गर्दा समूहका वरिष्ठ प्रशिक्षक अहस्राफ आज्मी अबु हामदान मा’रिएको बताएको छ । नाम न्यूज नेटवर्क समाचार एजेन्सीले स्टेट मिडियाको हवाला दिँदै उक्त समाचार बाहिर ल्याएको हो । संसारका विभिन्न अनलाइन समाचारको श्रोत सरकारी रेडियो भएको बताइएको छ । उक्त समाचारमा उनी नेपालको भएको लेखिएको छ ।

सोमाली स्पेसल कमा’न्डो’हरुले अुपरेसन गरेको ठाउँमा पत्रकारको पहुँच हुँदैन । उनीहरु सेनाले दिएको सूचनामा भर पर्छन् । सरकारी सेनाले दिएको सूचनाको आधारमा उक्त समाचार लेखिएको हुन सक्छ ।

सेनासँग पनि मा’रिएका प्रशिक्षकको फोटो नभएको बताइएको छ । नेपाल लेखिएको या नेपाली भएको परिचय खुल्ने कागजाद भेटिएको हुनसक्ने शंका गरिएको छ । यो समाचारको सम्बन्धमा नेपाली पक्षबाट कुनै आधिकारीक धारणा अहिलेसम्म सार्वजनिक भएको छैन । समाचार अंग्रेजीमा छ । जसमा लेखिएको छ,

मालावीका प्रतिपक्षी नेता चक्वेरा राष्ट्रपतिमा निर्वाचित
एजेन्सी । मालावीका प्रतिपक्षी नेता लाजारूस चक्वेरा गत मङ्गलबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा विजयी भएका छन् । चक्वेराले प्रमुख प्रतिद्वन्द्वी बहालवाला राष्ट्रपति पिटर मुथारिकालाई अत्यधिक बहुमतसाथ पराजित गरेका हुन् ।

चक्वेरा निर्वाचनमा ५८ प्रतिशत मतसहित विजयी भएको मालावीको निर्वाचन आयोगले शनिबार राति पुष्टि गरेको छ । आयोगका अध्यक्ष चिफुन्डो कचालेले निर्वाचनको परिणाम सार्वजनिक गर्दै भने, “मालावीको २८ जिल्ला र १९३ निर्वाचन क्षेत्रका लागि कूल पाँच हजार दुई मतदान केन्द्रमा भएको मतदानको सम्पूर्ण मत परिणाममा प्रतिपक्षी नेता चक्वेरा ५८ प्रतिशत मत परिणामसहित निर्वाचित हुनुभएको छ ।”

चक्वेराले मालावीका वर्तमान् उपराष्ट्रपति तथा ‘यूनाइटेड ट्रान्सफर्मेसन मुभमेन्ट’ का नेता साउलोस चिलिमालाई आफ्नो सात दलीय गठबन्धनको तर्फबाट उपराष्ट्रपति बनाउने घोषणा गरिसकेका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!