Wednesday, July 15, 2020
Home > समाचार > असार १५ गते सार्वजनिक बिदा

असार १५ गते सार्वजनिक बिदा

सुर्खेत ।

कर्णाली प्रदेशमा असार १५ गते सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले असार १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

राष्ट्रिय धान दिवसको अवसरमा असार १५ मा प्रदेशका जुम्लाबाहेक सबै जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

जुम्लामा चैत महिनामै धान रोपाइँ हुँदै आएको छ । जसका कारण प्रदेश सरकारले हरेक वर्ष जुम्लामा चैत १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता तुल खड्काले प्रदेश मन्त्रिपरिषद्को जेठ १२ गतेको बैठकले कर्णालीका जुम्लाबाहेक ९ जिल्लामा धान दिवसको बिदा दिने निर्णय गरेको जानकारी दिनुभयो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!