Tuesday, July 7, 2020
Home > जीवनशैली > समाजलाई चक्मा दिदै लम्जुङमा बाहुनको छोराले गरे सार्कीको छोरीसँग यस्तो धुमधाम मागी विवाह!

समाजलाई चक्मा दिदै लम्जुङमा बाहुनको छोराले गरे सार्कीको छोरीसँग यस्तो धुमधाम मागी विवाह!

अहिले समाजमा विस्तारै अन्तरजातीय विवाहलाई मान्यता दिन थालिएको छ । कतिपय स्थानमा अन्तरजार्तिय विवाह गरेका कारण सामाजिक वहिष्कारको सामना गर्नुपरेका उदाहरण यहिँ छन् भने पछिल्लो समयमा भने अन्तरजातिय विवाह समेत धुमधामका साथ हुन थालेका छन् । अधिकांश अन्तरजातिय विवाह प्रेमका कारण हुन्छन् । यतिबेला समाजलाई चक्मा दिदै लम्जुङमा बाहुनको छोरा र सार्कीको छोरीबीच भयो धुमधामसंग मागी विवाह भएकाे छ ।

प्रेम सम्बन्धमा रहेका अन्तरजातियहरुले विवाह गरेका उदाहरण समाजमा अलि धेरै देखिन थालेको भएपनि पारिवारिक सहमतिमा मागि विवाह भएका उदाहरण भने निकै कम छन् । यसरी पारिवारिक सहमति मै मागि विवाहका रुपमा अन्तरजातिय जाडी बाँधिएकाहरु समाजिक अभियन्ताहरु हुन्छन् ।

लम्जुङ जिल्ला राइनास नगरपालिका निवासी सपना उपर्कोटी र काठमाडौ चन्द्रागिरी नगरपालिकाका विजयसिंह पराजुलीले हालै अन्तरजातिय विवाह धुमधामका साथ गरेका छन् । उनीहरुको विवाह पनि पारिवारीक सहमतिमै धुमधामका साथ भएको हो । दुवै परिवार राजि भएपछि काठमाडौंको एक मन्दीरमा मंसिर २८ गते उनीहरुको विवाह सम्पन्न भएको छ । विवाहमा दुवै तर्फका परिवारका सदस्य र नाता सम्बन्धका सहभागी भएका थिए ।

केटा पक्षबाट केटीको हात माग्न पुगेपछि दुवै परिवारको सहमतीमा विवाह सम्पन्न भएको भएको हो । पछिल्लो समयमा उनीहरु जस्तै उदाहरणीय काम गरेका जोडीको संख्या थपिन थालेको छ । केही हप्ता अघिमात्र इटहरीमा रेग्मी र सेन्च्युरीको परिवारबीचमा सहमति भएपछि उमेश सेन्च्युरी विश्वकर्मा र मिरा रेग्मीबीच मागी विवाह भएको थियो । काम र अध्ययनको शिलसिलामा अष्ट्रेलियामा बसोबास गर्ने उनीहरु नेपाल आएर धुमधामका साथ विवाह गरेका थिए । उनीहरुको विवाहमा स्थानिय राजनीतिक दलका नेता र सामाजिक अभियन्ताहरु पुगेका थिए ।

इटहरीका दुई युवा सामाजिक अभियन्ता रेग्मी र सेन्च्युरीले भने त्यस्ता समाजलाई चुनौती दिएका छन । समाज रुपान्तरण गर्न परिवर्तन आफैबाट शुरु गर्नुपर्छ भन्ने उदाहरणलाई व्यवहारिक रुपमा देखाउदै उनीहरुले विवाह गरेका छन ।

रेग्मी र सेन्च्युरीको परिवारबीचमा सहमति भएपछि परम्परागत रुपमा दुई अन्तरजातीय समूहका युवा–युवतीबीच मागी विवाह गरेर समाजलाई चेतनामुलक सन्देश दिएका छन् । बोल्न सजिलो छ तर आफ्नो ब्यबहारमा उतार्न अझै पनि हाम्रो समाज उदार भैसकेको छैन । यस विच यी जोडीको निर्णयले धेरैलाई संदेश दिनेछ ।

इटहरी ५ आदर्श टोल निवासी उमेश सेन्च्युरी विश्वकर्मा र इटहरी ५ जनता वस्ती निवासी मिरा रेग्मीबीच इटहरीको लाययन्स क्लबको भवनमा धुमधामका साथ पौराणिक हिन्दु रितिरिवाज अनुसार विवाह गरे । ननविवाहित जोडी उमेश र मिरा बाल्यकालबाटै सकारत्मक परिवर्तनका अभियन्ताहरु हुन। जात धर्म संस्कृतिको विभेद अन्त्य सम्मुनत समाजको निर्माण हो ।

मंसिर २५ गते मकवानपुरमा पनि सागर लाम्गादे र ईश्वरी अधिकारीबीच मागी विवाह भएको छ । मंसिर २५ गते बझाङको बित्थडचिर गाउँपालिका–९ सुनकुडा, खलापाटाका दीपक बोहराले त्यही वडामा पर्ने रैकोसी गाउँकी रूपाकुमारी विकसँग मागी विवाह गरे ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!