Tuesday, July 7, 2020
Home > अन्तराष्ट्रिय > अमेरिकी सेनाको ह त्या गर्न आ तंक वादी समूहलाई पैसा बाँड्दै रुस – अमेरिका!

अमेरिकी सेनाको ह त्या गर्न आ तंक वादी समूहलाई पैसा बाँड्दै रुस – अमेरिका!

वासिंटन

रुसी सेनाले अफगानिस्तानमा अमेरिकी सेना र उससँग सम्बद्ध फौजको ह त्या गर्न त्यहाँस्थित आ तंकवादी शक्तिलाई इनामको प्रस्ताव गरेको खुलासा भएको छ ।

न्युयोर्क टाइम्सले शुक्रबार सार्वजनिक गरेको एक रिपोर्ट अनुसार अमेरिकी गुप्तचरले यस्तो सूचना पत्ता लगाएको थियो । रिपोर्टका अनुसार गत वर्ष पनि रुसी सेनाले युरोपमा यस्तै गराएको थियो ।

रुसी सेनाले इस्लामिस्ट आतं कवादी वा अन्य सशस्त्र समूहलाई अमेरिकी सेनाको हत्या गरेवापत पैसाको इनाम दिने गरेको रिपोर्टमा उल्लेख छ ।

अफगानिस्तानमा झण्डै २० वर्षको यु द्धपछि तालिबानसँग अमेरिकाले वार्ताको तयारी गरे पनि विफल भएको थियो । वार्ताको क्रममा अमेरिकी सेना फिर्ता हुने सहमति भए पनि त्यो पूरा हुन सकेन, अर्को तर्फ तालिबान हम ला पनि रोकिएको छैन ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!