Friday, May 27, 2022
Home > समाज > मेयर रेणु दहालकै भरतपुरमा बालक अपहरणः झोला र शर्ट नदि किनारमा…

मेयर रेणु दहालकै भरतपुरमा बालक अपहरणः झोला र शर्ट नदि किनारमा…

चितवन । देशभर हत्या, हिंसा, बलात्कार र अपहरणका घटना बढिरहेको छ तर सरकारले यस्ता घटना नियन्त्रणका लागि कुनै पहलकदमी लिन सकिरहेको छैन । काठमाडौं उपत्यकासहित देशभर यस्ता घटनाहरु व्यापक बनिरहेको बेला भरतपुरमा एक बालक बेपत्ता भएका छन् । मेयर रेणु दाहालको भरतपुर महानगरपालिका–२ निवासी १० वर्षीय बालक रोजन भट्टराई बेपत्ता भएका छन् । उनले विद्यालय लगेको झोला र सर्ट आज नारायणी नदी किनारमा फेलापरेको छ ।

 

प्रहरीले बालक नदीमा बेपत्ता भएको आशङ्का गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार शुक्रबार परीक्षा दिन स्थानीय भानु माध्यमिक विद्यालयमा गएका बालक बेपत्ता भएपछि खोजीकार्य थालिएको थियो । झोला र सर्ट नदी किनारमा फेला परेपछि नदीमा खोजी कार्य शुरु गरेको प्रहरीले जनाएको छ । बालक भानु माविमा कक्षा ४ मा अध्ययनरत हुन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!