Tuesday, July 7, 2020
Home > समाचार > उद्दारका लागि उडेकाे हेलिकप्टर जोखिम मोलेरै मकैबारीमा अवतरण!

उद्दारका लागि उडेकाे हेलिकप्टर जोखिम मोलेरै मकैबारीमा अवतरण!

अछाम –

सरकारले विकट स्थानमा रहेका गर्भवति महिलाको उद्धारका लागि विशेष अभियान चलाईरहेको छ । विगतदेखी नै राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तर्गत धेरै महिलाको ज्यान जोगाउन सफल भएको छ ।

उद्धार कार्यक्रम अन्तर्गत शुक्रबार विहान अछामबाट एक गर्भवति महिलाको उद्धार गरिएको छ । तुर्माखाद गाउँपालिकाको भैरवस्थानबाट १८ वर्षीया मनिषा उखेडालाई उद्धार गरिएको हो ।

सो ठाउमा हेलिकप्टर अवतरण गर्ने कुनै उपयुक्त ठाउ भएपछि हेलिकप्टर चालकले जोखिम मोलेर मकैबारीमा हेलिकप्टर अवतरण गरी गर्भवती महिलाको उद्धार गरेका हुन् ।

मनिषालाई सुत्केरी हुन समस्या भएपछि राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टर उहाँलाई उद्धार गर्न आएको हो । अहिले उहाँलाई उद्धार गरी सुर्खेत लगिएको अछामका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताउनुभयो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!