Wednesday, July 15, 2020
Home > जीवनशैली > मेलापात गरेर पैसा कमाउँथिन् समिक्षा, हजारकाे नोट देख्दा अनुभव यस्तो ! (भिडियो हेर्नुस्)

मेलापात गरेर पैसा कमाउँथिन् समिक्षा, हजारकाे नोट देख्दा अनुभव यस्तो ! (भिडियो हेर्नुस्)

काठमाण्डौ – गायिका समिक्षा अधिकारीको दुई नयाँ गीतहरु अहिले हिट छन् । उनले गाएको ‘माया मारेर’ बोलको गीत र हालै रिलीज भएको ‘मैले बोलेको छैन ढाँटेर’ बोलको गीत अहिले हिट छन् । उनले गाएको ‘मेरी छोरी’ बोलको गीत पनि सुपरहिट बनेको थियो चलचित्र ‘नाईँ नभन्नु ल ५’को ‘बालापनको उमेर’ चर्चित गीत पनि उनले नै गाएकी हुन् ।

युट्युबमा सार्वजनिक भएको केहि दिनभित्रै ‘माया मारेर’ बोलको गीतले पचास लाख माथी भ्यूज पाएको छ भने नयाँ गीत पनि यूट्युबको ट्रेण्डिंगमा छ । यि गीतहरुका टिकटक भिडियो डेढ लाख बढी बनिसकेका छन् ।

यसैबीच आज हामीले तपाईँसामु गायिका अधिकारीको एक रमाईलो अन्तरवार्ता देखाउन गईरहेका छौँ । ठुलोपर्दा टिभिका जिवन पराजुलीले यो अन्तरवार्ता लिएका छन् जहाँ समिक्षासँगै नेपाल आईडलका विजेता बुद्द लामा र गायक कृष्ण काफ्ले पनि छन् ।

अन्तरवार्तामा गायक लामाले आफ्नो जीवन संघर्षको कुरा गरेका छन् भने अधिकारीले आफुले अनुभव रेग्मीसँग काम गर्ने चाहना राखेकी छन् । समिक्षाले आफुले मेलापात गरेर ३-४ सय रुपैयाँ कमाउने गरेको पनि कुराकानीमा बताएकी छन् ।

हेर्नुहोस् कुराकानी:

Leave a Reply

error: Please Dont Copy My Content!! !!