Wednesday, July 15, 2020
Home > अपराध > प्रहरीले नै न्यूरोडको एक क्यामेरा पसलमाबाट १० लाख रुपैया लुटेर हिडेपछि ! सिसिफुटेजमा जे देखियो

प्रहरीले नै न्यूरोडको एक क्यामेरा पसलमाबाट १० लाख रुपैया लुटेर हिडेपछि ! सिसिफुटेजमा जे देखियो

काठमाडौं ।

हामी समस्यामा पर्यौं भने सबैभन्दा पहिला सम्झने प्रहरीलाई नै हो । जताको सेवाका लागि सरकारी तलब खाएर बस्ने प्रहरीनै जनता लुट्न थाले भने के होला ? असार ७ गते दिउँसो ३ बजे न्यूरोडको एक क्यामेरा पसलमा त्यस्तै घटना भयो । हुन त यो घटना रहस्यमय भएको छ । घटनाका अन्य पाटा पनि खुल्दै गएका छन् । तर क्यामेरा पसलका ब्यवसायीवाट १० लाख रुपैया लुटेर लैजाने दुई जना प्रहरी नै भएको प्रहरी अनुसन्धानवाटै पत्ता लाग्यो ।

न्युरोडमा क्यामेरा पसल संचालन गर्ने विकास अग्रवालले १७ लाख रुपैया बैंकवाट झिकेर ल्याएका थिए । उनले पैसा झिकेर ल्याएको थाहा पाएका दुई जना दिउसो करिब ३ वजे उनको पसलमा पुगे अनि धम्क्याएर १० लाख रुपैया लिएर गए । मोटरसाइकलमा आएका दुई जनाले आफ्नो १० लाख रुपैया लगेको भन्दै उनले प्रहरीमा उजुरी दिए ।

उनले त्यो पैसा बुवाको शल्यकृया गर्न बैंकवाट निकालेको बताएका छन् । तर प्रहरी अनुसन्धानमा उनी पनि हुण्डि ब्यापारी पनि भएको प्रारम्भिक कुरा खुलेको छ । महानगरीय प्रहरी वृत्त जनसेवामा उजुरी पुगेपछि भएको अनुसन्धानका क्रममा त्यसरी पैसा लुटेर लैजाने दुई प्रहरी कर्मचारी भएको खुलेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी दीपक थापाले सिसिटिभी क्यामेरा लगायतका माध्यमवाट गरेको अनुसन्धानमा मोटरसाइकलको नम्बर पत्ता लाग्यो । त्यो मोटरसाइकल कसको हो भनेर अनुसन्धान गर्दै जाँदा प्रहरी नै झसंग भयो ।

सिसी टिभी फुटेजमा देखिएको मोटरसाइकल प्रहरीकै कल्याण महाशाखाबाट किस्ताबन्दीमा लिएको पाइएपछि प्रहरी छक्क परेको हो । उक्त मोटरसाइकल २ नम्बर गणमा कार्यरत सिपाही विक्रम कुमार चन्दले किस्तामा निकालेको प्रहरी अनुसन्धानवाट देखियो । महाशाखाले बुधबार चन्द र उनकै बयानका आधारमा महानगरीय प्रहरी परिस काठमाडौंमा कार्यरत हवल्दार धिरेन बिष्टलाई पनि पक्राउ गरेको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान भइरहेको जानकारी गराएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!