Sunday, July 11, 2021
Home > समाचार > यी हुन् आफ्नै ११ दिनको जिउँदो बच्चा बारिमा गाड्ने पापी आमा, प्रहरीले यसरी समात्यो (भिडियो)

यी हुन् आफ्नै ११ दिनको जिउँदो बच्चा बारिमा गाड्ने पापी आमा, प्रहरीले यसरी समात्यो (भिडियो)

११ दिने शिशुको हत्या गरेको आरोपमा सिरानचोक गाउँपालिका–२ थालाजुङकी १७ वर्षकी रश्मी गुरुङलाई प्रहरीले पक्राउ गर्यो । गत भर्दौ ८ गते उनले आफ्नै ११ दिने बच्चालाई बारिमा मारेर गाडेकी थिईन् । थालाजुङ खामबारीका सबल भण्डारी र उनकी श्रीमती रश्मी गुरुङकी ११ दिनको छोरी टीका भण्डारीको न्वारान थियो । न्वारानको दिन राति रश्मी छोरी लिएर सासु भएकै कोठामा सुतिन् । राति १२ बजेतिर एक्कासी शिशु रुन थाल्यो । प्रहरीका अनुसार रश्मीले बच्चालाई फकाउन काखमा लिएर कोठाको भित्र बाहिर गरिरहिन् ।

आमाको काखमा भएकाले घरका अरु सदस्यले खासै चासो दिएनन् । बाहिर पानी परिरहेको थियो । त्यही बेला रश्मीले बच्चालाई घरनजिकैको बासँको झ्याङमा छाडेर घर आइन् । उनी केहीबेरपछि फेरि बाँसको झ्याङमा पुगिन् । पानीले पुरै भिजेको बच्चाको शरीर चिसो भइसकेको थियो । त्यसपछि आफूले बारीमा खाल्डो खनेर बच्चालाई पुरेको र घरमा आएर छोरी हराएको भन्दै हारगुहार गरेको बयान रश्मीले प्रहरीसामू दिएकी छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!