Thursday, December 9, 2021
Home > समाचार > लाशलाई आर्यघाट लैजाँदै गर्दा अचानक भयो चमत्कार

लाशलाई आर्यघाट लैजाँदै गर्दा अचानक भयो चमत्कार

एजेन्सी। दक्षिण अमेरिकी देश पेरुमा एक २४ वर्षका व्यक्तिको अपरेशन गर्ने क्रममा मृत्यु भयो । डाक्टरले उनको शव परिवारको जिम्मा लगाए ।परिवारले उनको शवलाई ताबुत (बाकस)मा राखेर अन्तिम संस्कारको लागि चिहानमा गाड्न लिएर जाने तयारी गर्दै थिए यत्तिकैमा ती व्यक्ति आश्चर्यजनक तरिकाले जिवित भए ।

वाटसन फ्रेंकलिन नामका ती व्यक्तिलाई बाकसमा बन्द गरेर चिहानघाट लैजाने तयारी भइरहेको थियो । वाटसनलाई २१ अक्टोबरका दिन दाँतको सर्जरी गरिएको थियो ।सर्जरीपछि उनलाई ज्वरो आयो । यसको लागि डाक्टरले उनलाई जुन औषधी दिए त्यसले उनको मृत्यु भएको बताइएको थियो ।

तर उनको अन्तिम संस्कारको तयारी गर्दै गर्दा उनको सास चलिरहेको परिवारले थाहा पाए । त्यसपछि उनलाई तत्कालै अस्पताल लगियो । तर, अस्पताल पुग्दासम्म उनको मृत्यु भइसकेको थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!