नेपालीमा पनि धेरै खुबि हुन्छन भन्ने सत्यता साबित गर्ने नेपाली मध्य प्रमोद रेग्मी पनि एक हुन । उनले अमेरिकाको आकाशमा आँफैले बनाएको विमान चढेर घुम्छन्। काठमाण्डौको बालाजु नेपालटार घर भएका ४३ वर्षीय प्रमोद रेग्मी हाल अमेरिकामा छन् ।अहिले उनले आँफैले बनाएको जाहाजमा अमेरिकाको आकाशमा उड्ने गर्दछन् ।उनले सन् २००८ बाट उनले आँफैले जहाज बनाउ सुरु गरेका थिए ।
कामको सिसिलामा अमेरिका पुगेका उनी अहिले आफ्नो नीजि जहाजमा घुम्ने गरेका छन् । सन् २००८ बाट उनले कामबाट बचेको समय रिमोर्ट कन्ट्रोलबाट चल्लने जहाज बनाउन थालेका थिए । तीन महिनाभन्दा बढी काम गरेपछि परिणाम हात लागेको अमेरिकाबाट उनले बताएका छन् ।आफ्नो मेहनतले सफलता पाएपछि अमेरिकाको आकाशमा उनको विमानले उडान भर्न थालेको हो ।
भिडियोमै हेर्नुसः