Wednesday, November 30, 2022
Home > समाचार > बर्थडे मनाउन होटलमा गए जोडी, प्रेमिकाले दिइन् जीवनभर नभुल्ने दर्दनाक ‘गिफ्ट’

बर्थडे मनाउन होटलमा गए जोडी, प्रेमिकाले दिइन् जीवनभर नभुल्ने दर्दनाक ‘गिफ्ट’

आफ्नो बर्थडे मनाउन आफ्नी प्रेमिकालाई लिए होटलमा गएका एक युवक एक्कासी छाँगाबाट खसेझैं भए । उनले यस्तो होला भन्ने रत्तिभर पनि सोचेका थिएनन् । उनकी प्रेमिकाले होटलको कोठामै झुण्डिएर आत्महत्या गरेकी छिन् ।

ती युवती केही समय अघि मात्रै आफ्ना प्रेमीको जन्मदिन मनाउन त्यहाँ आएकी थिइन् । प्रेमी युवकले यस्तो होला भन्ने सपनामा पनि सोचेका थिएनन् ।प्रहरीले ती युवकलाई हिरासतमा लिएर सोधपुछ अगाडि बढाएको छ । भारतको हरियाणा राज्यको अंबाला शहरमा घटना भएको हो ।

होटल मालिकका अनुसार यो जोडीलाई उनले ‘आइडीप्रुफ’ लिएर कोठा दिएका थिए । लगभग २ घण्टापछि युवक आत्तिँदै चिच्याउँदै निस्केको देखेपछि उनीहरु त्यहाँ पुगेका थिए । त्यहाँ पुग्दा युवतीको मृत्यु भइसकेको थियो ।

यी दुवै कुरुक्षेत्रका भएको बताइएको छ । उनीहरु दुवै विवाह गर्न चाहन्थे । तर, युवकका परिवारले ती युवतीलाई स्वीकार नगरेको युवकले बताएका छन् ।तर उनले प्रेमिकाले किन आत्महत्या गरिन् भन्नेबारे केही बताउन सकेनन् । प्रहरीले बिवाहकै विषयमा दुईबीच विवाद हुँदा युवतीले यस्तो गरेको हुन सक्ने अनुमान गरेको छ । साभार डिसी नेपाल

Leave a Reply