Sunday, July 11, 2021
Home > समाज > फेरि अायो यस्तो दुःखद खबर, १० वर्षीया बालिकामाथि बलात्कार प्रयास

फेरि अायो यस्तो दुःखद खबर, १० वर्षीया बालिकामाथि बलात्कार प्रयास

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको सुकुटेमा रहेको सुकुटे माध्यमिक विद्यालय कक्षा ४ मा अध्ययनरत एक १० वर्षीया बालिकामाथि बलात्कार प्रयास आरोपमा एक शिक्षक पक्राउ परेका छन् । बालिका ट्युसन पढ्न गएको समयमा शिक्षकले जबर्जस्ती करणी प्रयास गरेको बताइएको छ ।

पक्राउ पर्नेमा सिरहा नवराजपुर गाउँपालिका घर भई त्यसै विद्यालयमा पढाउँदै आएका भोगेन्द्र प्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सूचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक विमल राज कँडेलले जानकारी दिनुभयो ।

कँडेलले बिहीबार साँझ बालिकालाई बलात्कार प्रयास गरेको बताइएको छ । उजुरीका आधारमा उनलाई बिहीबारै पक्राउ गरी शुक्रबार जबर्जस्ती करणी प्रयासमा मुद्धा दर्ता गरीएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!