Friday, May 27, 2022
Home > भिडियो > निर्मला प्रकरणमा नयाँ ‘टुइस्ट’ ! गृहमन्त्री बादलको यस्तो भनाईले ल्यायो तरङ्ग ! – भिडियो

निर्मला प्रकरणमा नयाँ ‘टुइस्ट’ ! गृहमन्त्री बादलको यस्तो भनाईले ल्यायो तरङ्ग ! – भिडियो

गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्त प्रकरणमा अनावश्यक राजनीतिकरण भएको बताएका छन् । प्रेस सेन्टर र प्रेस चौतारी चितवनले बुधबार संयुक्त आयोजना गरेको पत्रकार भेटभाटमा गृहमन्त्री थापाले गृह प्रशासनले सुक्ष्म ढङ्गबाट अनुसन्धान गरिरहेको भएपनि घटनामाथि विभिन्न तरिकाले राजनीतिकरण गर्न थालिएको बताए । ‘पन्तको हत्या भएको भोलिपल्टै उच्चस्तरीय अनुसन्धान टोली त्यसतर्फ पठाइएको छ ।

भिडियोः

अपराधीलाई कानुनको कठघरामा ल्याउन गृह मन्त्रालय गम्भीर भएर लागिरहेको छ’ गृहमन्त्री थापाको भनाई छ । उनले अपराधी पत्ता लगाएरै छाड्ने भन्दै छानबिन टोलीले बुझाएको प्रतिवेदनको निष्कर्षका आधारमा दोषीलाई कारबाही गर्दै अनुसन्धानलाई जारी राख्ने बताए । यसअघि निर्मला पन्त जस्ता धेरै नारीहरु बलात्कृत हुदै आएको र ९५ प्रतिशत अपराधीलाई पक्राउ गर्न प्रहरी सफल भएको गृहमन्त्रीको दावी छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!