Wednesday, December 8, 2021
Home > समाचार > सर्वेन्द्र खनाललार्इ हटाउन प्रमुख सत्तारूढ दलबीच यस्तो चलखेल…

सर्वेन्द्र खनाललार्इ हटाउन प्रमुख सत्तारूढ दलबीच यस्तो चलखेल…

काठमाडौं, १९ असोज । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हटाउन प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले गोप्य छलफल अघि बढाएको छ । कारोबार दैनिकले समाचार छापेको छ । आन्तरिक प्रशासन चुस्त राख्न नसकेको, निर्मला पन्त बलात्कार हत्या, एसिड प्रहारलगायत अपराधमा संलग्नलाई कारबाही गर्न नसकेको, जनतालाई जिउधनको सुरक्षा प्रत्याभूति दिन नसकेको, कालोबजारी नियन्त्रणमा लिन सकिरहेका छैनन् ।

प्रहरी प्रशासन असफल रहेको लगायत आरोप लगाउँदै नेकपाका उच्च तहका नेताहरु नै महानिरीक्षक खनाललाई वर्खास्त गर्ने गरी लबिङ थालेका हुन् । बर्खास्त गर्न तत्काल सम्भव नभए आईजीपी खनाललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएर जिम्मेवारीबाट हटाउन सक्ने विषयमा पनि नेकपाभित्र छलफल चलिरहेको उच्च स्रोतले बतायो । कारोबार दैनिकले समाचार छापेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!