Sunday, July 11, 2021
Home > समाचार > अन्ततः निर्मला घटनाले फरक मोड लिँदै, मामा र सेनामाथि नै तेर्सियो अनुसन्धान

अन्ततः निर्मला घटनाले फरक मोड लिँदै, मामा र सेनामाथि नै तेर्सियो अनुसन्धान

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्या घटना रहस्यमय र पेचिलो बनेका बेला अनुसन्धानको दायरा फराकिलो बनाउन माग गरिएको छ । शंका गरिएका व्यक्ति निर्दोष देखिँदै गएका बेला आफन्तभित्रै अनुसन्धानको माग गरिएको छ । नेपाल मानव अधिकारी संगठनले निर्मला हत्या प्रकरणमा प्रहरी अधिकारी र बम दिदीबहिनीसँगै निर्मलाका मामा र नेपाली सेना रहेका खुलाशा छ ।

बम दिदीबहिनीसँगै निर्मलाका मामा र नेपाली सेनालाई पनि अनुसन्धानको दायरामा ल्याउन माग गरेको हो । घटनाको स्थलगत अध्ययनपछि प्रतिवेदन सार्वजनिक गर्दै संगठनले पन्त हत्याबारे प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट, प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, रोशनी बम र दिदी बबितासँगै निर्मलाका मामा तीर्थराज र नजिकै रहेको सेनाको ब्यारेकलाई घटनाबारे जानकारी रहेको दाबी गर्दै उनीहरुमाथि नै अनुसन्धान गर्न माग गरेको हो ।

उनीहरुमाथि प्रभावकारी अनुसन्धान नभएको भन्दै संगठनले घटनाको प्रमाणहरु नष्ट गरिएको तथा निर्दोषलाई यातना दिइएको र घटनाको अनुसन्धान दबाउन प्रहरी प्रशासन नै लागिपरेको निष्कर्ष समेत सुनाएको छ । गएको साउन १० गते हराएकी निर्मला भोलिपल्ट ११ गते उखुबारी बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी थिइन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!