Friday, May 27, 2022
Home > भिडियो > उर्लाबारीमा अजिंगरले सिंगै मृग निलेको भिडियो भयो एकाएक भाइरल – भिडियो हेर्नुस

उर्लाबारीमा अजिंगरले सिंगै मृग निलेको भिडियो भयो एकाएक भाइरल – भिडियो हेर्नुस

उर्लाबारीमा अजिंगरले सिंगै मृग निलेको भिडियो सार्वजनिक भएको छ । उर्लाबारी नगरपालिकाको सिमसार क्षेत्रमा अजिङ्गरले एउटा सिंंगै मृग निल्दै गरेको गाउँलेले देखेपछि अजिगंरलाई नियन्त्रणमा लिएर मृगलाई अजिंगरको पेटबाट बाहिर निकालेका छन् । घटना बिहिबारको हो । बिहीबार दिउँसो स्थानीय बेतेनी सिमसार क्षेत्रमा मृग निल्दै गरेको अवस्थामा अजिङ्गरलाई स्थानीयले देखेपछि सर्वसाधारणले उक्त दुर्लभ दृश्इलाई कैद गरेका थिए ।

अजिंगरलाई स्थानीय प्रेम विष्टले समातेर सालबारी सामुदायिक वनको जिम्मा लगाएको बताइएको छ । अजिंगरले ठूल्ठूला जीवहरु निल्छ भन्ने सुनेका गाउँलेहरुले उक्त दृश्य चाख मानी मानी हेरिरहेको भिडियोमा देखन सकिन्छ । तीव्र गतिमा दौडन सक्ने मृगलाई घस्रेर हिँड्ने अजिंगरले कसरी आफ्नो कब्जामा पारेर निलेपछि गाउँलेले हेरेको थाहा पाए लगत्तै यसरी ओकलेको छ ।

हेर्नुहोस् भिडियो

Leave a Reply

error: Please Dont Copy My Content!! !!