एजेन्सी। प्रतिश्पर्धा जहाँ पनि हुन्छ। सुरुमा पढाई अनि करियरमा पनि प्रतिश्पर्धा हुन्छ। सुरुमा घर छिमेकका आन्टीहरु एक अर्काको साडी र गहना देखेर आफूपनि त्यस्तै साडी र गहना किन्न प्रतिश्पर्धा गर्थे। पछि यो प्रतिश्पर्धा घरका बच्चाले पनि थाहा पाए। कसैले एउटा बच्चालाई कनै चीज किनिदियो भने अर्को बच्चालाई पनि त्यही चाहिने। बाल्यकालमा कपडा, युवावस्थामा विवाहलाई लिएर प्रतिश्पर्धा भैरहेकाे घटना अति पाइएकाे छ ।
अहिलेको नयाँ जमानामा यस्तो प्रतिश्पर्धा चलेको छ की आफ्नी गर्लफ्रण्डलाई अरुभन्दा छुट्टै तरिकाले कसरी प्रपोज गर्ने? यतिबेला सामाजिक संजालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ। जसमा प्रेमीले आफ्नी प्रेमिकालाई अगल प्रकारले प्रपोज गर्ने नाममा विचित्रको व्यवहार गरेका छन्।
फिलिपिन्सको एक युवकले आफ्नी प्रेमिकालाई अरु भन्दा भिन्नै प्रकारले प्रपोज गरेको भिडियो यतिबेला सामाजिक संजालमा भाइरल भएको छ।
यहाँ प्रेममा पागल एक युवकले युवतीलाई प्रभावित पार्न आफू दुर्घटनामा परेको अभिनय गरे। सामाजिक संजालमा भाइरल यो भिडियोमा यी युवक मरेको जस्तै देखिन्छन्। ती युवकको नाम जेफरी हो। उनी सडकमा आफ्नो बाइबबाट लडेर मरेको अभियन गरिरहेका छन्। आफ्ना प्रेमिको त्यस्तो अवस्था देखेपछि उनकी प्रेमिका शीला पैरायाना दैडिँदै आइन्। उनलाई के लाग्यो भने आफ्ना प्रेमिका बाइक दुर्घटनामा निधन भयो।
उनी निकै बिचलित देखिएकी छन्। तर त्यसको केही समय पछि जे भयो ती युवतीलाई विश्वास नै लागेन। युवक जिवितै मात्र होइन चुस्त र दुरुस्त थिए। सडकमा घोप्टो परेर मरेको अभियन गरिका ती युवकलाई युवतीले जब सिधा बनाइन्, तब युवकले दाँत देखाएर हासेर युवतीलाई प्रपोज गरे। त्यसपछि युवतीले पनि युवकको प्रेम प्रस्तावलाई स्वीकार गरिन् र सामाजिक संजालमा भाइरल भएको यो लभ स्टोरीको अन्त्य भयो।
from .dcnepal.com