Wednesday, March 3, 2021
Home > समाचार > प्रहरीको गाडीले ठक्कर दिएर घाइते भएकी २० वर्षीया रोशनाले गरिन अस्पतालको शैयाबाटै यस्तो अनुरोध – भिडियो

प्रहरीको गाडीले ठक्कर दिएर घाइते भएकी २० वर्षीया रोशनाले गरिन अस्पतालको शैयाबाटै यस्तो अनुरोध – भिडियो

काठमाडौं – सुरक्षा निकायको सवारी साधनले ठक्कर दिएर घाइते भएकाहरुले उपचार सहयोग नपाए पछि पत्रकार गुहारेका छन् । महानगरीय प्रहरी वृत्त कमलपोखरीको बा।१ झ ७३२२ नम्बरको गस्ति भ्यानको ठक्करबाट गम्भिर गाईते भएकाहरुका परिवारले पत्रकार सम्मेलन गरेर उपचार उपचार खर्च दिन सुरक्षा निकायले इन्कार गरेको बताएका छन् । सुरक्षार्मीको भ्यानको ठक्करवाट घाइते भएका २० वर्षीया रोशना रामुदामुको परिवारले घाईतेको उपचार खर्च नदिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।बुधबार रिपोर्टर्स क्लब नेपालमा पीडित परिवारले पत्रकार सम्मेलन गरी यस्तो चेतावनी दिएका हुन् । घाइतेका परिवारले उपचारमा लागेको

करिब १२ लाखसहित थापाथलीस्थित् नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारत रामुदामुको भविष्य सुनिश्चित हुनेगरि कानूनी तवरबाट उपचार गर्न माग गरेका छन् ।गत फागुन १७ गते प्रहरीको भ्यानको ठक्करवाट कलंकी निवासी राजेन्द्र रामुदामुको २० वर्षीया छोरी रोशना र २१ वर्षीय छोरा रोसन घाइने भएका थिए ।

रोसनको राष्ट्रिय ट्रमा सेन्टरमा र रोसनाको नर्भिक अस्पतालमा उपचार भइरहको छ । एक महिना लामो चलेको उपचारमा लागेको खर्च प्रहरी प्रशासनले दिन सक्दैनौं भनेपछि उनीहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् । महानगरिय प्रहरी वृत्त कमल पोखरीका नायव उपरिक्षक कुलदिप चन्दले उपचारमा लागेको खर्च प्रहरी प्रशासनले दिन नमिल्ने बताएको पीडितको भनाई छ ।

रोशनाका काका सुवेन्द्र रामुदामुले प्रहरी प्रसाशनले घाईतेको उपचारमा लागेको खर्च व्यहोर्न सक्दैनौ भन्नु कानूनको उल्लंघन गर्नुसरह भएको बताए । उनले भने,‘२० वर्षीया कलिलो छोरीले जीवन आधा बनाउनु परेको छ, पहिले जस्तो बोल्न सक्दैनन्, पहिलेकोजस्तो लय छैन्, अरुको साहारामा हिड्न थालेकी छिन्, जनताको सुरक्षाको लागि खटिएका प्रहरीबाट दुर्घटना हुन्छ र प्रहरी प्रसाशनले नै उपचार खर्च तिर्न सक्दैनौं भन्छ, यो भन्दा अरु लाजमर्दो कुरा के हुन सक्छ र ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *