Thursday, December 9, 2021
Home > समाचार > आजदेखि पसल खोल्न दिइने र निजी सवारीसाधन जोरबिजोरको आधारमा चलाउन पाइने

आजदेखि पसल खोल्न दिइने र निजी सवारीसाधन जोरबिजोरको आधारमा चलाउन पाइने

काठमाडौं ।

सरकारले लडाउनको मोडालिटी परिवर्तन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको हो । एक मन्त्रीले भने, लकडाउन पुनःव्यवस्थित गर्ने निर्णय भएको छ । स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर कृषि, उद्योग, ब्यापारमा खुकुलो गर्ने भनिएको छ ।’

उनकाअनुसार काठमाडौं उपत्यकासहित जोखिम कम भएका क्षेत्रहरूमा जोर विजोर प्रणाली लागू गरेर सवारी सञ्चालन गर्ने सम्भावना छ भने विद्यालय, सिनेमा हल लगायतका धेरै भीडभाड हुने स्थानहरु तत्काल खुल्ने छैनन् । यसबारे भोलि (बिहीबार) सरकारले विस्तृत जानकारी दिने उनले सुनाए ।

नेपालमा कोरोना भाइरस (कोभिड १९) को दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत १० बाट अन्तराष्ट्रिय सीमा नाकामा आवागमन रोकेको थियो भने ११ गतेबाट लकडाउन गरेको थियो । त्यसयता पटकपटक लकडाउनको समय थप गरिएको छ र पछिल्लो पटक थपिएको समय जेठ ३२ सम्म कायम छ ।

पछिल्लो पटक लकडाउन थप गर्दा मोडालिटी परिवर्तन गरेर केही खुकुलो बनाउने भनिएको थियो । तर सरकारले निर्णय गर्न ढिलो गर्दा व्यवसायीहरुले स्वस्फुर्त रूपमा पसल समेत खुल्न थालेका छन् भने मानिसहरूको आवागमन पनि बढेको छ ।

पछिल्लो पटक लकडाउन खुकुलो बनाउन सीसीएमसीले ६ चरणको लुजडाउन प्रस्ताव पनि बनाएको थियो । उच्चस्तरीय समन्वय समितिको छुट्टै प्रस्ताव थियो । दुवै प्रस्तावलाई मर्ज गरेर बनेको प्रस्तावमा बुधबार छलफल भएको थियो । तर एक मन्त्रीले भने, ‘अहिले धेरै कुरा भन्न गाह्रो छ, कुन क्षेत्र कसरी खुला गर्ने भनेर हामी भोलि विस्तृतमा सार्वजनिक गर्छौं ।’

यस पटकको एसईई परीक्षा खारेज

काठमाडौं । यस पटकको एसईई परीक्षा खारेज भएको छ । कोरोना भाइरस संक्रमण र लकडाउनको कारण अन्योलमा परेको एसईई परीक्षा सरकारले खारेज गरेको हो । मन्त्रिपरिषद्को बुधबारको बैठकले एसईई परीक्षा खारेज गर्ने प्रस्ताव पारित गरेको छ ।

एसईई खारेज भएपछि विद्यालयकै मूल्यांकलनलाई मान्यता दिइने भएको छ । करिब ३ महिनादेखि अन्योल अवस्थामा रहेको एसईई परीक्षा यस पटकलाई खारेज गरी विद्यालयले मूल्यांकनलाई मान्यता दिन मन्त्रिपरिषद् बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रस्ताव लग्नु भएकाे थियो । मन्त्री पोखरेलले गर्नु भएको प्रस्तावलाई मन्त्रिपरिषद्ले पारित गरेको हो ।

गएको चैत ६ गतेदेखि शुरु हुने भनिएको एसईई परीक्षा कोरोना भाइरस संक्रमण र लकडाउनको कारण अचानक स्थगित भएको थियो । सरकारले जाँच शुरु हुनु अघिल्लो साँझ परीक्षा अनिश्चितकलको लागि रद्ध गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!