Sunday, November 28, 2021
Home > समाचार > भक्तपुरकाे सडकमा बगेको पानीले ट्रक चालकलाई बगाएर बेपत्ता बनायो !

भक्तपुरकाे सडकमा बगेको पानीले ट्रक चालकलाई बगाएर बेपत्ता बनायो !

भक्तपुर, २८ जेठ ।

भक्तपुरको चुनदेवीमा सडकमा बगेकोपानीले एलपी ट्रकका चालकलाई बगाएर बेपत्ता बनाएको छ । भक्तपुरमा आज दिउँसो करिव आधा घण्टा परेकोमुसलधारे बर्षाले सो स्थानमा बाटो पूरै जलमग्न भएको थियो ।

बेपत्ता ना ६ ख १६१६ नम्वरको एलपी ट्रकका चालसिन्धुली रानीचुरी घरभैहाल मकवानपुर हेटौडा लामसुरे बस्ने बर्ष ५७ को नरबहादुर रावत भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत दीपक गिरीले बताउनुभयो ।

बेपत्ता चालकको खोजी कार्य जारी रहेको पनि सूचना अधिकृत गिरीले जानकारी दिनुभयो । अरनिको राजमार्ग अन्तर्गत ६ लेन सडक पाण्डुबजार चोक र सल्लाघारी चोकको बिचमा पर्ने चुनदेवी बसस्टपमा बाटोको ढलमा बगेको पानीले तीचालकलाई बगाएको हो ।

सो स्थानको सर्भिस ट्रयाकको बाटो पूरैजलमग्न भएको ठाउँमा सल्लाघारीबाट सूर्यबिनायक तिर आउँदै गरेको एल पी ट्रकका चालक गाडीबाट झरेर बाटोमा पानीको गहिराई नाप्दै जाँदा पानीले बगाएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
रामगोपाल तमखु,

Leave a Reply

error: Please Dont Copy My Content!! !!